मतदान गरेर घर फर्कदै गर्दा बिच बाटोमा वृद्धको मृत्यु

Posted By OSNepal, California, USA || Date: 7 December, 2017

पाल्पा, रामपुर, २१ – पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गर्नुभएको थियो । मतदानगरेलगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उहाँको मृत्यु भएको हो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!