सप्तरीका उम्मेदवार उपेन्द्र यादव विराटनगरमा मतदान

Posted By OSNepal, California, USA || Date: 7 December, 2017

सप्तरी, २१ मंसिर – सप्तरी क्षेत्र नं २ का उम्मेदवार रहेका संघीय समाजवादी फोरमका अध्यक्ष एवं पूर्वमन्त्री उपेन्द्र यादवले मोरङको विराटनगरबाट मतदान गर्नुभएको छ ।

सप्तरीबाट उम्मेदवार रहे पनि मतदाता नामावली विराटनगरमा रहेकाले उहाँ मतदान गर्न विराटनगर पुग्नुभएको उहाँले बताउनुभएको छ ।

उहाँले स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपश्चात् उहाँले मधेशीको हक र अधिकारका लागि मधेशी गठबनधन भएकाले मधेशी जनताले गठबन्धनलाई नै विजयी गराउनुपर्ने बताउनुभएको छ । उहाँले मधेशीको अधिकारको विकल्पमा मधेशी गठबन्धन नै रहेकाले तराई २२ जिल्लालाई नै मधेश प्रदेश बनाउने दाबी गर्नुभयो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!