अनौठौ स्थान जहाँको तापक्रम माइनस ५३ डिग्री सेल्सियस सम्म पुग्छ, हेर्नुहोस् हावामा पानी फाल्दा हिउँ बन्ने उक्त अनौठो गाउँ

Posted By OSNepal, California, USA || Date: 11 December, 2017

एजेन्सी । तपाइले अहिलेसम्म भोग्नु भएको चिसो माइनस कति डिग्री सेल्सियससम्मको हो ? २ ४ वा १० डिग्री सेल्सियस ? चिनको “आर्कटिक गाउँ”को तापक्रम माइनस ४२ डिग्री सेल्सियससम्म पुगेपछि उक्त गाउँमा अहिले पर्यटकको ठूलो चहलपहल बढेको छ । रुसको सिमा नजिक रहेको दक्षिण हेलुङ्गजांगमा ४२ डिग्री पुगेपछि अहिले नै पर्यटकको चहलपहल सुरु भएको छ ।

चीनको उत्तरी सीमामा रहेको मोहे काउन्टी पर्यटकीइ स्थल समेत हो । जहाँको तापक्रम अझै घट्ने सिन्ह्वाले जनाएको छ । सिन्ह्वाका अनुसार उक्त क्षेत्रको तापक्रम यसअघि माइनस ५३ डिग्री सेल्सियस सम्म पुग्ने गरेको भएपनि यो वर्ष चिसो बढेकाले अझै कम हुन सक्ने मौसम विद्धले जनाएका छन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!