नयाँ शक्ति र बिबेकशील साझा २ बैकल्पिक दलहरु यसरी एकता सम्भव



नयाँ शक्ति र बिबेकशील साझा बैकल्पिक दलहरु चुनाव अघि कार्यगत एकता सम्म गर्न सकेनन दुवै बिकल्पका कुरा गरिरहँदा अहंकार स्वरुप दुवै राष्ट्रिय पार्टी बन्न पनि नसक्ने संकेत देखियो ।

लेखकको सानो अध्ययनले अधिकाम्स शुभेक्षुकहरु दुइ बैकल्पिक पार्टी मिलेको हेर्न चाहने बताउने गरेको पाइयो । मिल्नु हुदैन भन्नेमा एमाले , कांग्रेस र एमाओबादि कार्यकर्ता , समर्थक वा नेताहरु स्वयम् रहेको देखियो । यो देखिनुमा नयाँ शक्ति ए बिबेकशील साझा एक भए तुरुन्त ठुलो पार्टी बनेर पुरानालाई च्यालेन्ज गर्ने त्रास देखियो भने यहि सल्लाह मानेर बिबेकशील साझा र नयाँ शक्तिका केहि युवा र राजनीतिक परिपक्वता र सड्यन्त्र नबुझ्ने केहि नेता एकता गर्न नहुने मुडमा रहनु । आमरुपमा दुइ पार्टी मिले ठुलो हलचल ल्याउन सक्ने विभिन्न अधारहरु छन् । मिल्न दिने नदिने बिबिध सम्भावना केलाएर बुँदागत रुपमा हेरौं :

लेखक कार्की

नयाँ शक्ति र बिबेकशील साझालाई एकताका बाधक 
१) साझा बिबेकशील र नयाँ शक्ति एक हुनु हुन्दैन भन्ने कांग्रेस एमालेका नेता कार्यकर्ताको सल्लाह मान्ने दुबैतर्फको कम्जोरी |

जसरि नयाँ शक्ति विफल बनाउन माओबादीका केहि ठुला नेता नै बाबुराम भट्टराइका विश्वास पात्र बने र नयाँ आउनेहरुलाई रोके , राम्रो गर्न बन्न दिएनन बाबुराम नगल्ने देखेर अन्तमा माओबादीमा फर्किए । त्यो प्रवृति बिबेकशीलमा पनि छन् । रबिन्द्र जी र बाबुराम जी पार्टी मिलाउन हुन्न खत्तम हुन्छ भनेर कांग्रेस , एमाले माओबादीका साथीहरुले चुनौतीलाई खतम गर्न दिएको सल्लाह मान्ने गलत परिपाटी तर इमान्दार बिकल्प खोज्नेहरुका कुराको बेवास्ता ।

२) दुवै तर्फका शिर्षनेताको घमण्ड – म ठुलो अथवा मेरो नेत्रित्व भन्ने घमण्डको भूमिका ।
३) एक अर्का प्रतिको अविस्वास
४) साझा बिबेकशील र नयाँ शक्ति मिले चाडै ठुलो दल बनेर टक्कर दिने डरले दुवै पार्टी मिल्न नदिन छिरेका २-३ जना पुराना पार्टीका जसजुस |
५) पदको लोभ , दुबैको असली बैकल्पिक बन्ने अहंकार |
६) राजनितिक इच्छा शक्ति र परिपक्वता |
७) नेत्रित्वको दुरदर्शितामा कमी – नेपालको आर्थिक , संस्कृतिक र सामाजिक बनौट र नागरिक चेतना स्तर बुझ्न नसक्नु ।

सफलताका आधार
– बिबेकशीलको काठमाडौँ र सहर केन्द्रित , नयाँ शक्तिको गाउँ केन्द्रित राजनिती
– बिबेकशील साझको सामाजिक कल्न्ल्यानकारीता र नयाँ शक्तिको दर्शन
– बिसाको उर्जा – नयाँ शक्तिको अनुभव
– बिसाको नयाँमा मात्र जोड – नयाँ शक्तिको नयाँ पुरानो संगम गरेर सबैको सह अस्थित्वमा जोड

-नयाँ शक्तिको गाउँगाउँ देखि विदेश सम्म फैलिएको संगठन र साझको सद्भाव समूहको मिलन मजबुत् संगठन निर्माणको आधार हुन सक्छ ।

को ठुलो, को सानो , सेतो कालो रातो भन्दा पनि देश बनाउने नियत र इमान्दारिता प्रमुख |

एकताको लागि निम्न लिखित बैकल्पिक मुद्धाहरु आधारभूत बिन्दु हुन सक्छन :
१. भ्रस्टाचार र माफिया तन्त्र निराकरणका लागि संयुक्त प्रयास , सुन्य सहनसिलता, अकुत खर्च गरेर लडिने भ्रस्ट चुनाव प्रणालीको अन्त्य
२. शैक्षिक बिकृति निराकारण गर्न शिक्षक हरुको राजनीतिको अन्त्य
३. कर्मचारी हरुको राजनीति अन्त्य
४. बिद्यार्थी संगठन खारेजी वा नितान्त स्वयंसेवी चरित्र निर्माण
५. सिन्डिकेटतन्त्र बिरुद्ध प्रत्यक्ष निर्वाचित कार्यकारी
६. न्यायलयको , प्रशासन र बिश्वबिद्यालयमा भागबंडा अन्त्य संगै मेरिटोक्रेसीको अधारमा नियुक्ती
७. किसान, मजदुर, र गरिवहरुको स्वास्थ्य , शिक्षा निसुल्क
८. लोककल्याणकारी राज्यको अवधारणा अनुरुप गरिवहरुलाई आवास , अल्प संख्यक , पिछडिएका बर्गको हित प्रथम प्राथमिकता
९. पर्यावरण मैत्री विकास निर्माण
१०. पप्द्दती , प्रक्रिया र पारदर्शितामा आधारित लोककल्याणकारी राज्य व्यवस्था
११. बहु भाषिक , बहु संस्कृतिक इन्द्रेणी राष्ट्रियता ,राष्ट्रिय बैदेशिक नीति इत्यादी …..

– नयाँ शक्तिका ५ स र बिबेकशील साझाका पद्दति , पारदर्शिता , इमान्दारिता , रास्ट्र निर्माणका खम्बाहरुमा बुंदागतरुपमा छलफल गरेर अघि बढ्न सकिन्छ ।

सफल सहकार्यका यात्रा

मेडिकल माफिया बिरुद्ध , बुढी गण्डकी घोटाला बिरुद्ध , प्रधान न्यायधिस महा अभियोग बिरुद्ध , गोभिन्ड्स केसी समर्थन सबै साथसाथै गर्दा सफलता मिलेको थियो – अब बाम र खामहरु मिल्ने हामी किन नमिल्ने ? सानो पार्टीको नेता बनेर कुनै भिन्नता र शक्ति आर्जन हुन्न अनि कसरि हेर्ने परिनार्तन आफ्नै जीवन कालमा ?

नेत्रित्व कसले गर्ने भन्ने बैकल्पिक शक्तिमा गौण कुरा हो प्रधान मुद्धा, सम्वृद्धिका लागी इमान्दार प्रयासको प्रतिबद्धता , एक अर्काको अस्थित्व स्वीकारोक्ती पद्दति र पारदर्सी प्रणालीमा जो आएपनि स्वीकार गर्ने प्रतिबद्धता मुख्य हो जुन जिम्मेवारी अधिबेसन र सम्पूर्ण कार्यकर्ता टिमले गर्ने हो ।

समस्या छ त केवल केहि स्वार्थ केन्द्रित नेताहरुको ठुलो बन्ने , धेरै बैकल्पिक मानौं चन्द्र लोकबाट आएको सुन पानिले चोखो भएको मात्र नयाँ हुने भ्रमको ।

दुवै दलका तमाम बैकल्पिक अभियन्ताहरु नेताको फ्यान , सानो महत्वकांक्षी झुण्डको कार्यकर्ता बनी बस्ने कि भरपर्दो विकल्पको लागि सार्थक पहल गर्ने ?

Follow the writer : Twitter  @jaganbimal

Facebook

[email protected]

Comment