भोजपुरमा समानुपातिकमा एमाले अगाडि : काँग्रेस दोस्रो

Posted By OSNepal, California, USA || Date: 12 December, 2017

भोजपुर, २६ मंसिर- समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतगणनानुसार नेकपा(एमाले)ले सबैभन्दा धेरै मत प्राप्त गरेको छ ।
प्रत्यक्षतर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिकतर्फको मतगणना गए राति सकिँदा एमालेले २५ हजार ९९, नेपाली काँग्रेसले १५ हजार ७१० र माओवादी केन्द्रले ११ हजार १५४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जनाएको छ । प्रतिनिधिसभामा कुल ६५ हजार ९०८ मत खसे पनि नौ हजार १५ मत बदर भएको थियो ।

प्रदेशसभा (क) मा एमालेले १२ हजार १९१, काँग्रेसले सात हजार ९६० मत र माओवादी केन्द्रले चार हजार ९३७ मत ल्याएको छ । प्रदेशसभा (ख) मा भने एमालेले ११ हजार ३३१, काँग्रेसले पाँच हजार ५४४ र माओवादी केन्द्रले छ हजार ९३ मत ल्याएको सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिनुभयो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!