स्याङ्जा १ ‘क’ मा वाम गठबन्धनका चर्तीमगर विजयी

Posted By OSNepal, California, USA || Date: 12 December, 2017

स्याङ्जा – स्याङ्जा क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट दीपक चर्तीमगर विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार चर्तीमगरले नेपाली काँग्रेसका जिल्ला सभापति एवं निवर्तमान सांसद कमलप्रसाद पंगेनीलाई दुई हजार ७२६ मतले पछि पार्दै विजयी हुनुभएको हो । यहाँ बदर मत ७०३ संख्या पुगेकोे छ ।

विजयी चर्तीमगरले कूल १७ हजार ३९२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी पंगेनीले १४ हजार ६६६ मत प्राप्त गर्नुभयो । स्याङ्जामा अहिले मतगणना जारी छ । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा रहेको स्याङ्जाका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार अग्रस्थानमा छन् । बिहीबार मतदान सम्पन्न भए पनि बुथ कब्जाको विषयलाई लिएर दलहरुबीचको विवादका कारण मतगणना आइतबार रातिबाट मात्रै शुरु भएको थियो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!