बलिउडका बादशाहका दिदी डिप्रशनमा, अत्यास लाग्दो जीवन बाँची रहेकी छन् शेहान्ज



बलिउड बादशाह संसार कै धनी कलाकारका रुपमा चिनिन्छन् । शाहरुख खानसँग नेम र फेम दुवै छ । २ छोरा र एक छोरीको सुखी परिवार छ । लक्जरियस घर, मंहगा गाडी सबै छ ।

तर, उनै किंग खानको जीवनमा खुसी मात्र छैन । उनी दिदी यतिबेला डिप्रेसनले ग्रस्त छिन् । बलिउड सुपरस्टारकी दिदी अध्याँरोमै हराएकी छिन् ।

शाहरुखकी दिदी शेहान्ज लालारुख अहिले ५८ बर्षकी भइन् । पिता बितेपछि शाहरुखले नै आफ्नी दिदीको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी लामो समयदेखि डिप्रेसनको शिकार भैरहेकी छिन् । भनिन्छ, आफ्ना आमाबुवाको लास देखेपछि उनी बेहोस भएकी थिइन् । त्यसपछि उनलाई डिप्रेसनले गाँज्यो । एजेन्सी ।

Comment