ध्यानदिनुहोस् वास्तुशास्त्रले तपाईको भाग्यमा रोकाबट ल्याउँन सक्छ ?



तपाई नयाँ घर बनाउँदै हुनुहुन्छ भने वास्तुशास्त्रलाई ध्यान दिनुहोस् । यदि तपाईको जीवनमा सोचे जस्तो सफलता हात लागि रहेको छैन भने पनि घरको वास्तु शास्त्रमा ध्यान दिनुहोस् । तपाई घरमा कुन दिशामा फर्किएर खाना बनाउँनुहुन्छ ? कता फर्किएर खाना खानु हुन्छ ?
१, उत्तर दिशा तर्फ फर्किएर खाना पकाउनाले व्यवसाय घाटामा जान सक्छ । साथै धन सम्पति नोक्सानी पनि भोग्नु पर्ने हुन्छ ।

२, दक्षिण(पश्चिम दिशा तर्फ फर्किएर खाना बनाउदा घरको सुख शान्ति भङ्ग हुन्छ । घरमा लडाई झगडा हुने सम्भावना बढ्छ ।

३, पश्चिम दिशा तर्फ फर्केर खाना बनाउदा घरका सदस्यको अनुहार र हड्डी सम्बन्धि रोग हुने डर हुन्छ ।

४, दक्षिण दिशा पट्टि फर्किएर खाना पकाउदा घरका महिलाहरुले अनेकौ शारीरिक समस्या भोग्नु पर्ने हुन्छ ।

५, वास्तुशास्त्रअनुसार घरमा सुख शान्ति बचाई राख्न र रोगहरुबाट बच्नको लागि पुर्व दिशा तर्फ फर्केर खाना बनाउनु उत्तम मानिन्छ ।

६, किचेनको झ्याल यदि पुर्व दिशा पट्टि छन् भने वास्तुशास्त्र अनुसार एकदम राम्रो मानिन्छ ।

७, ननुहाईकन खाना पकाउनु हुदैन सकेसम्म खानु पनि हुदैन । यसो गर्नाले बिरामी हुने खतरा बढ्छ ।
एजेन्सी ।

Comment