प्रधानमन्त्रीद्वारा रक्षामन्त्री खड्काकी भाइबुहारी खड्काप्रति श्रद्धाञ्जली अर्पण — OSNepal

प्रधानमन्त्रीद्वारा रक्षामन्त्री खड्काकी भाइबुहारी खड्काप्रति श्रद्धाञ्जली अर्पण

LC (KTM) June 06, 2023 0

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन हुनुभएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी डा सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आज बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाँले परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । यसैगरी, उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि स्व खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । यही जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै खड्का सवार कारलाई बसले ठक्कर दिँदा उहाँको निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर