जीवनमा सफल हुने केही धार्मिक शुत्रहरु

Posted By OSNepal, California, USA || Date: 12 December, 2017

५ मंत्र जसले तपाईको जीवनमा आमूल परिवर्तन ल्याउँन सक्छ । हो, तपाईको जीवनमा चाहेको जस्तो सफलता प्राप्त भैरहेको छैन, अफुले सोचेको जस्तो जीवन बाँच्न पाउँनु भएको छैन भने यी कुराहरु अपनाउनुहोस्

के बोल्दै हुनुहुन्छ ? बोल्दा हरेक शब्दमा ध्यान दिनुस्

बोल्न वा विचार व्यक्त गर्नुअघि एक पटक चिन्तन गर्नुहोस्, ताकि तपाईको विचार गलत समयमा नपरोस् । यो एक सामान्य उपाय हो, हामी आफ्नो रवैयालाई परिवर्तन गरेमा जीवनमा धेरै कष्ट, समस्याको कामना गर्नु पर्दैन ।

आलोचनाबाट टाढा रहने र अर्कोलाई नउडाउने ९सकारात्मकता० यदि तपाईमा माया, स्नेह, दया, करुणा वा कल्याण जस्ता सकारात्मक भावना बढी छन् भने जोसँगको सम्बन्ध सुमधुर र बलियो रहन्छ । तर, यसको विपरित रिस, राग, चिन्ता, आलोचना, गल्ती खोतल्ने बानी जस्ता नकारात्मक आचरण छन् भने सम्बन्ध मात्र होइन, तपाई आफैँ बिलाउनुहुन्छ

जीवनमा कहिले नकरात्मक नहुनुस्

ताकि खुशी हुन कुनै बाहाना खोज्न नपरोस् । अरुको अलोचना गर्नुको सट्टा उसलाई प्रसंशा वा हौसला दिने बानी बासाल्नुपर्छ आफ्नो कमजोरीलाई ध्यानमा राख्ने तपाई दुःखी वा रिसाउन सजिलै सक्नुहुन्छ भने यो तपाईको कमजोरी हो । र यदि खुशी हुन हुन गाह्रो पर्छ वा साना कुरामा खुशी नमिल्नु एउटा कमजोरी हो । तपाई सामाजिक हुनुहुन्छ भने साना कुरामा पनि खुशी बन्न सक्नुहुन्छ । यस्तै, मानिसमा नराम्रा बानी चाँडै अपनाउने र विकासित गर्ने बानी हुन्छ । तर, राम्रो बानी अपनाउन निकै समय लाग्छ खुशी हुन गाह्रो

यदि तपाई ‘आजको समयमा जिउनु पर्छ’ भन्ने सोचाईको हुनुहु्न्छ भने तपार्ई त्यो खुशी व्यक्ति हो जसलाई देखेर वरपरका खुशी रहन्छन् । खुशी साना–साना कुरामा पाइन्छन्, तर प्राय जसो साना कुरामा मानिस दुःखी भएको पाउँछौ । यस शैलीलाई परिर्वत गर्न जरुरी छ, किनकि दुःखीपनले जीवन अघि बढ्न सक्दैन । आफूमा लागू माथिका कुरालाई एउटा चार्टमा उतार्नुहोस् र आफूले प्राय देखिइरहेने ठाउँमा टाँस्नुहोस् । आफूमा कमि महशुस गर्नुहोस्, जीवनमन्त्रको रुपमा जीवनमा अपनाउनुहोस् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!