आजको राशिफल : बि.स.२०७४ मंसिर २७ गते । बुधबार । ईश्वी सन् २०१७ डिसेम्बर १३ तारिख । नेपाल सम्बत् ११३८ ।

Posted By OSNepal, California, USA || Date: 12 December, 2017

ओएसनेपाल क्यालीफोर्निया – बि.स.२०७४ मंसिर २७ गते । बुधबार । ईश्वी सन् २०१७ डिसेम्बर १३ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । पौष कृष्ण पक्ष । तिथि एकादशी ५६ घडी ५३ पला । नक्षत्र चित्रा ४२ घडी ४३ पला,रातको ११ बजेर ५२ मिनेट उप्रान्त स्वाती । योग सोभन ५३ घडि ४८ पला । करण बव,बेलुका ५ बजेर २२ मिनेट उप्रान्त बालव । आनन्दादिमा काल योग ।चन्द्रराशि कन्या,बिहान ११ बजेर १७ मिनेट उप्रान्त तुला । स्मार्तहरूको सफला एकादशी व्रत।

काठमाडौंमा सूर्योदय ६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ०८ मिनेट जादा । दिनमान २५ घडी ५३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा नया नया ठाउहरुको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लागि समयले साथ दिनेहुँदा मन प्रशन्न हुँनेछ । तपाईको काममा जीवन साथिको सहयोग रहनेछ भने बिपरित लिङगसँग मिलेर गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ ।

शुभ अंक — १,७ शुभ दिशा — पश्चिम

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बिहानको समय मध्ययम रहेकोले पढाई लेखाईमा अल्छी गर्नाले अरुभन्दा पछि परिनेछ । आफन्त तथा छोराछोरी बाट आवस्यक सहयोग नपाउदा कामहरु समयमा पुरा हुने छैनन् । मध्यान्हबाट समय राम्रो रहेकोले पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन खुसि हुँनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ । सत्रु परास्त हुँनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ ।

शुभ अंक — २,५ शुभ दिशा — दक्षिण

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । आफन्तबाट उपाहार प्राप्तिको योग भएपनि टरेर जानेछ । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुँनेछन् भने अदालत तथा न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । जनसम्पर्क बढ्ने तथा दाजुभाई,छिमेकिबाट भनेजस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । आफुभन्दा बिशिष्ट ब्याक्तिसँगको भेटघाटले नयाँ योजना बनाउँन सहयोग पुग्नेछ । छोटो तथा महत्वपुर्ण उपलब्धिमुलक यात्राको तय हुँनेछ भने पराक्रम बढेर जाने हुँनाले शाहसिलो काम गर्ने जोस जागर बडेर आउँनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा आमा सँग टाडिनु पर्नेछ भने व्यापार व्यावसायमा मन्दि आउँनेछ ।

शुभ अंक — ४,७ शुभ दिशा — उत्तर

शुभ रंग — खैरो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुँनेछ । साथिभाई सँग अलि बढि रमाईलो गर्न खोज्दा गलत परिणम आउँन पनि सक्छ ख्याल गर्नुहोला । समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुँन पनि सक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले खेलकुद तथा यस्तै शाहशिलो काममा समय लगानि गर्नेहरुले सकारात्मक नतिजा हात पार्नेछन् । छोटो दुरिको व्यावसायिक यात्राको तय हुँनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

शुभ अंक — ५,९ शुभ दिशा — पश्चिम

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुँनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले व्यापार व्यावसायमा नाँफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुँन सक्छ । तपाईको क्षमता तथा बौद्धितालाई गलत व्याक्तिहरुले गलत अर्थ लगाई तपाईको साख गिराउँन खोज्नेछन् ध्यान दिनुहोला ।

शुभ अंक — २,७ शुभ दिशा — उत्तर

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) कर्म प्राप्तीको लागि लामो दुरिको बिदेश यात्रा हुँनेछ भने बिदेसि सामान तथा रुपैया पैसा हातलागि हुँने योग रहेको छ । गैरसरकारि सस्थामा नोकरि तथा पदोन्नति हुँने गतिलो सम्भावना रहेको छ । संकट ब्याबस्थापनका लागी चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउने हुँनाले मन प्रशन्न रहनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुँनेछ । कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्नसके आर्थिक रुपमा सम्पन्न होईनेछ ।

शुभ अंक — ४,७ शुभ दिशा — उत्तर

शुभ रंग — प्याजी कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारिका अवसर सिर्जना गरि मनग्गे लाभ लिन सकिनेछ । भौतिक सम्पति तथा भोगबिलासका सामानहरु प्राप्त हुँनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुँनेछ । अध्यनमा प्रगति हुँने तथा बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले लामो दुरिको यात्रा हुने भए पनि अन्य क्षेत्रमा भनेजस्तो समय दिन सकिने छैन । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्ने योग रहेकोछ ।

शुभ अंक — २,८ शुभ दिशा — उत्तर

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुँने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिका पदोन्नति हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ

शुभ अंक — ३,९ शुभ दिशा — पुर्व

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन बढिनै समय खर्चिनु पर्नेछ । पढाई लेखाईमा समय दिय पनि सोचेजस्तो नतिजा नआउँने हुँनाले मन खिन्न हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुँने भएपनि समयमा गन्तब्यमा पुग्न मुस्किल रहेकोछ । मध्यान्हबाट समय उत्तम रहेकोले निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुँनेछ । कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुँनेछ । राजनिति तथा समाजसेवामा जनताको गमावतिलो समर्थन प्राप्त हुनेछ ।

शुभ अंक — १,४ शुभ दिशा — दक्षिण

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिन सकिनेछ भने बित्तिय क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ । कष्टकर यात्रा हुने प्रवल सम्भावना रहेकोछ ध्यान दिनुहोला ।

शुभ अंक — २,५ शुभ दिशा — पुर्व

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ । रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । मध्यान्हबाट समय मध्ययम रहेकोले सवारि साधन तथा बिलाशी सामानको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न ।

शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!