चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु

Posted By OSNepal, California, USA || Date: 13 December, 2017

कालिकोट : अस्पतालको लापरबाहीले कालिकोटमा एक सुत्केरीको मृत्यु भएको छ । परिवारका सदस्यले सामान्य अवस्थाकै विरामी भए पनि अस्पतालले वेवास्था गर्दा सुत्केरीको मृत्यु भएको आरोप लगाएका हुन् ।

खाँडाचक्र नगरपालिका१ मा रहेको घरबाट हिँडेर प्रसुति सेवा लिन जिल्ला अस्पताल कालिकोट पुगेकी चन्दा शाहीको मृत्यु भउको हो । उनको मृत्यु हुनुमा चिकित्सककै लापरबाही भएको भन्दै परिवारका सदस्इ आक्रोशित भएका छन् ।

अस्पतालमा आफ्न्तलाई बिरामी भेट्न नदिएको र गम्भीर भएको भन्दै हेलिकोप्टर बोलाएर काठमाडौं लान एयरपोटृ पुर्याउँदा उनको मृत्यु भइसकेको आफन्तले बताएका छन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!