उत्तर कोरियासँग निशर्त वार्ता गर्न अमेरिका तयार

Posted By OSNepal, California, USA || Date: 13 December, 2017

एजेन्सी : अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले कुनै पनि शर्त बिना उत्तर कोरियासँग सिधा वार्ता गर्न उनको देश इच्छुक रहेको बताएका छन्। प्योङयाङको परामाणु कार्यक्रम नियन्त्रण बारे मात्र वार्ता गरिने अडान अमेरिकाले राखिरहनु यथार्थपरक नहुने धारणा टिलरसनले राखेको बिबिसीले जनाएको छ ।।

उत्तर कोरियाले त्यस कार्यक्रममा ठूलो लगानी गरिसकेकाले वार्ताको मार्गचित्र निर्धारण गर्न जुनसुकै विषयमा छलफल गर्न सकिने उनको भनाइ छ। तर ह्वाइट हाउसका एक जना प्रवक्ताले उत्तर कोरियाबारे राष्ट्रपति ट्रम्पका विगतका धारणामा कुनै परिवर्तन नभएको जनाएकी छन्।

विगतमा पनि टिलरसनले वार्ताका सम्भावित शर्तहरुको कुरा राखेका थिएनन् तर उनको पछिल्लो भनाईले नयाँ कुटनीतिक वातावरण बनाउनसक्ने अपेक्षा गरिएको छ। आफ्नो धारणा राख्ने क्रममा उनले उत्तर कोरियासँग कुनै पनि किसिमको प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताए।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!