पूर्वको रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा प्रमिस, सृजना र उमेशको देखियो बेजोड अभिनय

Posted By OSNepal, California, USA || Date: 13 December, 2017

काठमाडौँ । नव प्रतिभा प्रमिस अभिनित ‘दुःख पर्दा ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । पप शैलिको सार्वजनिक गीतमा प्रमिस सहित सृजना र उमेशले पनि बेजोड अभिनय गरेका छन् । यसअघि विभिन्न सर्ट मुभि र केही म्युजिक भिडियोमा काम गरिसकेका प्रमिसले यो म्युजिक भिडियो बाट राम्रो दर्शक प्रतिक्रिया पाइरहेकाछन् ।

भोलीका दिनमा मोडलिङ र कलाक्षेत्रमै लाग्ने अठोट लिएका उनले भने आगामी दिनमा यहि क्षेत्रमा आफ्नो भविष्य खोज्दै राम्रो टिम संग काम गर्ने योजना छ । टिकाराम खनालको शव्द ,देव लावरको संगीत ,संजय आचार्यको छायांकन तथा सम्पादनरहेको गीतको निर्देशन शुशिल राइले गरेका छन् । गीतको छायांकन नेपालको पुर्वी भागमा छायांकन गरिएको हो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!