पिकअप ट्रकले कारमा ठक्कर दिँदा टेक्सासमा तीन नेपालीभाषी भुटानीको ज्यान गयो

Posted By OSNepal, California, USA || Date: 13 December, 2017

टेक्सास – आइतबार साँझ टेक्सासको फोर्थवर्थमा भएको एक दुर्घटनामा परी तीन जना नेपाली मुलका भुटानी शरणार्थीको मृत्यु भएको छ। खबर अनुसार दुर्घटनामा चार महिनाकी एउटी बालिकासहित नेपाली मूलका तीनजना भुटानी नागरिकको मृत्यु भएको हो ।मृत्यु हुनेमा ५१ वर्षीय डम्बर कामी, उनकीश्रीमती ४५ वर्षीया पवित्रा कामी र ४ महिने बालक स्यारोन दजी रहेका छन् ।

आइतबार राती आठ बजे चर्चबाट घरतर्फ फर्कदै गरेको बेला एउटा पिकअप ट्रकले कारमा ठक्कर दिँदा कारमा रहेका उनीहरूको ज्यान गएको हो ।उनीहरूको आगामी शनिवार अन्तिम दाह संस्कार गरिनेछ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!