ब्याज दर थप घटाउने कसरत गर्दै श्रीलङ्का — OSNepal

ब्याज दर थप घटाउने कसरत गर्दै श्रीलङ्का

LC (KTM) June 08, 2023 0

कोलम्बो-श्रीलङ्काका एक मन्त्रीले आगामी महिनाहरूमा ब्याजदर थप घटाउने विचार गरिरहेको बताउनुभएको छ ।अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले दक्षिण एसियाली मुलुकको अर्थतन्त्र स्थिर रहेको र ब्याजदर अझै घट्ने बताउनुभएको हो ।गत साता श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) को मौद्रिक सकितिले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई २५० आधार बिन्दुले घटाएर क्रमशः १३ प्रतिशत र १४ प्रतिशतमा झार्ने निर्णय गरेको थियो ।

सेमासिङ्घेका अनुसार मुद्रास्फीति घट्दो क्रममा छ र ‘ट्रेजरी बन्ड’को ब्याज दर पनि घटेको छ ।बैङ्कले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “बजारको ब्याजदरमा आएको गिरावटले अनुमानित एकल अङ्कको मुद्रास्फीतिसँग मेल खाने छ । यसले निजी क्षेत्रलाई ऋण प्रवाह गर्न सहयोग पुग्नेछ र वित्तीय क्षेत्रमाथिको दबाब कम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर