गौरवले आफु भर्जिन नभएको सुनाए पछि मरिष्का पोखरेल लजाइनन्



मिष्टर भर्जिन नामक चलचित्र निर्माण हुने भएको छ । एभरेष्ट फिल्म एकेडेमीमा अध्यनरत युवा फिल्मकर्मीहरुको टिमले मिष्टर भर्जिन निर्माण गर्न लागेको हो । बिरासत बस्नेतको निर्देशन रहेको चलचित्रको औपचारिक निर्माण घोषणा बुधबार राजधानीमा गरिएको छ ।

युवा पुस्तामा हुने भर्जिनिटिको कथालाई डार्क कमेडी शैलीबाट मिष्टर भर्जिनले पर्दामा उतार्ने छ । जहाँ गौरव पहारी, मरिष्का पोखरेल, बिजय बराल, कमलमणी नेपाल, भोलाराज सापकोटा लगायतका कलाकारहरु मुख्य भुमिकामा देखिने छन् । पत्रकार सम्मेलन माझ गौरव पहारीले आफु भर्जिन नभएको सुनाए । तर, चलचित्र मिष्टर भर्जिनमा अनुबन्धीत भएपछि बिवग चार हप्ता देखि आफु भर्जिन रहेको गौरवले ठट्यौली पाराले बताए ।

कार्यक्रमको संचालन गरी रहेका नरेश भट्टराईले मरिष्का पोखरेललाई तपाई भर्जिन कि…..भनेर सोधेपछि सबैको हाँसो गुन्जियो । तर, मरिष्काले आफ्नो भर्जिनिटीबारे भने केही बोलिनन् ।

Comment