‘कृ’ मा अनमोल र अदितीको लभ केमेष्ट्रीले भरिएको पोष्टर



चलचित्र ‘कृ’ को अफियिसल पोष्टर रिलिज भएको छ । अनमोल स्टारर चलचित्रको फष्टलुक निर्माण टिमले रिलिज गर्दै माघ २६ देखि सिनेमा देशभरबाट प्रदर्शनमा आउँने समेत जानकारी दिईएको छ ।

भुवन केसी र सुवास गिरी निर्माताका रुपमा रहेका ‘कृ’ लाई सम्पादक समेत रहेका सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । रिभेन्च लभस्टोरी जनरको ‘कृ’ मा अनमोल एक्सन अवतारमा देखिदैछन् । अनमोलसँगै चलचिधमा अदिती बुढाथोकी देखिदैछन् ।

‘कृ’ को सार्वजनिक पोष्टरका अनमोल र अदितीको रोम्यान्टिक केमेष्ट्री उतारिएको छ । पोष्टरमा अनमोल र अदिती मायालु जोडीका रुपमा देखिएका छन् ।

Comment