गायक गान्बो शेर्पाले ल्याए तामाङ र शेर्पा समुदायलाई जोड्ने मार्मिक गीत {भिडियो सहित}

Posted By OSNepal, California, USA || Date: 13 December, 2017

यत्तिखेर युटुबमा एउटा सेलो गीत चर्चामा छ । जीवनका कुनै समय पूर्व जनमुक्ति सेनाका सेक्सन भाइस कमान्डर समेत बनेका चर्चित् गायक गोन्पो शेर्पाले हालसालै “हिमाली भेगैमा गाँऊ हाम्रो” बोलको सेलो गीत युटुबमार्फत् सार्वजानिक गरेका छन् ।

तामाङ समुदाय र शेर्पा समुदाय बीचको संस्कृति, भेषभूषा अनि माया प्रेमका प्रसंगलाई जोड्दै गायक शेर्पाले ठट्यौली शैलीमा सेलो भाकामार्फत् निकै उत्कृष्ट प्रस्तुति दिएका छन् । विशेषगरी एउटा शेर्पा समुदायका युवाले तामाङ समाजकी युवतीलाई मन परेको र माया प्रेम साट्न अनुरोध गरिएको सो गीतमा गायक शेर्पालाई गायिका इन्दिरा गोलेले साथ दिएकी छिन् । जीवन बम्जनले कलम चलाएका सो गीतमा विशाल योन्जनले संगीत भरेका छन् भने राजु खड्काले संगीत संयोजन गरेका छन् ।

अजय स्याङतानले निर्देशन गरेको सो गीतको भिडियोमा स्वयम् गायक गोन्पो शेर्पा, अप्सना थापा, छेवाङ शेर्पाको अभिनय देख्न सकिन्छ । बच्चैदेखि गाँऊघरमा गीत गाँउदै आएका सिन्धुपाल्चोक फुल्टिङकटी पागेपका गोन्पो अहिले पनि गीत संगीतमा निकै सक्रिय छन् । केही बर्ष वैदेशिक रोजगारमा बिताएका उनी अहिले विभिन्न सांगितिक कार्यक्रमहरुमा व्यस्त छन् ।

समग्रमा निकै उत्कृष्ट बनेको उनको सो भिडियो तपाई पनि हेरेर मनोरन्जन लिन सक्नुहुनेछ, हेर्नुहोस् यो भिडियो

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!