‘संघीय/प्रादेशिक संसद सञ्चालन गर्न सवा ४ अर्ब’



संसद सचिवालयले राजधानीमा संघीय संसद तथा सातै प्रदेशमा प्रदेशसभा सञ्चालनका निम्ति अब सरकारले वार्षिक सवा चार अर्ब रुपैयाँ खर्च गर्नुपर्ने अनुमान गरेको छ।

हाल संसद चलाउन करिब १ अर्ब ४० करोड खर्च हुँदै आएकोमा अब सातवटा प्रदेशमा छुट्टाछुट्टै सभा सञ्चालन गर्न अढाई अर्बभन्दा बढी अतिरिक्त खर्च हुने अनुमान गरिएको हो ।

त्यसमाथि यीभन्दा अझै धेरै गुणा बढी खर्च ती प्रदेशसभाका भौतिक संरचना निर्माण गर्न लाग्ने बताइएको छ।

संविधानसभा गठन भएयता एक सदनात्मक संसदको मात्र अभ्यास गरिएकोमा अब प्रतिनिधि तथा राष्ट्रियसभा गरि केन्द्रमा पुन : दुई सदनात्मक संसद सञ्चालन हुँदैछ।

प्रतिनिधिसभाको २७५ सदस्य तथा राष्ट्रियसभाको ५९ सदस्य गरी कुल ३३४ सदस्य केन्द्रमा रहनेछन्।

यो बाहेक सातवटा प्रदेशसभा छन् जुन सबै एक सदनात्मक छन्। तिनको कूल सदस्य संख्या ५५० छ।

सबै प्रदेश उही आकारका छैनन् ( कुनैमा ४० सदस्य मात्र छन् त कुनैमा ११० सम्म छन्।

यी सबैको सामान्य सञ्चालनका लागि वार्षिक ४ अर्ब २५ करोड खर्च लाग्ने अनुमान गरिएको संसद् सचिवालयले जनाएको छ ।

Comment