के कारण थुनियो भमरा बन्द फुलभित्र?

Posted By OSNepal, California, USA || Date: 14 December, 2017

गजल

हरेक सवालको जवाफ बिज्ञानसंग छ
जे बिज्ञानसंग छैन त्यो भगवानसंग छ

के कारण थुनियो भमरा बन्द फुलभित्र?
यसको उत्तर न रात न बिहानसंग छ

अशक्त पिता छोडेर जवान छोरो लगेछ
यही एक गुनासो विधिको विधानसंग छ

जल्नेछ यो शहर तिमीमाथी औंला उठाए
मेरो सरोकार तिम्रो मान सम्मानसंग छ

बुढा खाडा उमेर पुगेका पाखा लाग अब
देश बनाउने भिजन यि जवानसंग छ

नृपेश उप्रेती “योगपुत्र”
युके
प्रकाशित कृतीहरु
-मुसाफिर गजल संग्रह
-आहान अर्को खुशी गीती एल्बम
-दुइ दर्जन भन्दा बढी गीत गजलहरु

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!