म जेलमा हुँदा अक्षय कुमारले मार्नका लागि सुपारी दिएका थिए : फिल्म समीक्षक कमल — OSNepal

 म जेलमा हुँदा अक्षय कुमारले मार्नका लागि सुपारी दिएका थिए : फिल्म समीक्षक कमल

LC (KTM) June 11, 2023 0

मुम्बई, २८ जेठ । स्वघोषित फिल्म समीक्षक कमल आर खान विवादित बोलीका लागि बलिउडमा परिचित छन् । उनी प्रायः बलिउड सेलिब्रेटीहरुलाई निशाना बनाउँछन् र कहिलेकाहीँ सेलिब्रेटीका बारेमा खराब कुरा पनि बोल्छन् ।

यिनै कमल अहिले अभिनेता अक्षय कुमारका कारण पुनः चर्चामा आएका छन् । उनले आफू जेलमा रहँदा अक्षयले मार्नका लागि सुपारी दिएको आरोप लगाएका छन् । उनले अक्षयकै कारण आफू जेलमा पुगेको दाबी समेत गरेका छन् । उनले यो कुरामा सलमान खान र शाहरुख खानको कुनै सरोकार नभएको उल्लेख गरेका छन् ।

केआरके अक्षयलाई ‘क्यानेडियन कुमार’ भनेर बोलाउँछन् । उनले ट्वीटको सिरिज नै लेख्दै अक्षयका पछिल्ला १० फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न नसकेको उल्लेख गरेका छन् । ‘बलिउडमा अक्षय कुमारबाहेक सबैसँग मेरो राम्रो सम्बन्ध छ । मलाई जेलमा मार्न सुपारी दिने र पक्राउ गर्ने ऊ नै हो’, उनले ट्वीट गरेका छन् । यद्यपि कमलले अहिले ट्वीट हटाइसकेका छन् ।

अक्षयले कमलको ट्वीटमा कुनै प्रतिक्रिया दिएका छैनन् । अक्षय आफ्नो फिल्म ‘ओएमजी २’को प्रमोसनमा व्यस्त छन् । यो फिल्म आगामी अगष्ट ११ मा रिलिज हुँदैछ । यही दिन सनी देवलको फिल्म ‘गदर २’ पनि रिलिज हुँदैछ । यही मितिमा रणवीर कपूरको फिल्म ‘एनिमल’ पनि आउने चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर