वीरगन्जमा सडकको नाला सफा गर्ने क्रममा १०२ राउन्ड गोली फेला — OSNepal

वीरगन्जमा सडकको नाला सफा गर्ने क्रममा १०२ राउन्ड गोली फेला

LC (KTM) June 11, 2023 0

वीरगन्ज, २८ जेठ-वीरगन्जमा सडकको नाला सफा गर्ने क्रममा विभिन्न हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली फेला परेको छ ।

आइतबार बिहान साढे ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका(१० मा डोजर प्रयोग गरेर नाला सफा गर्ने क्रममा फोहोरमा प्लाष्टिकको झोलामा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ ।

जनप्रतिनिधिको रोहबरमा झोला खोल्दा विभिन्न प्रकारका हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली भेटिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी निर्मल बुढाथोकीले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर