मनिषा कोइराला अभिनित 'हिरामण्डी'को सुटिङ सकिदै — OSNepal

मनिषा कोइराला अभिनित ‘हिरामण्डी’को सुटिङ सकिदै

LC (KTM) June 12, 2023 0

मुम्बई, २९ जेठ । सञ्जय लीला भन्साली आफ्नो वेब शो ‘हिरामाण्डीु लाई लिएर चर्चामा छन् ।दर्शकहरु यसको प्रतिक्षामा छन् र अब यसको साथमा आउने नयाँ अपडेटले फ्यानहरुको खुशी बढाउन पर्याप्त रहदै आएको छ । शो अहिले पूरा हुनै लागेको छ । शोका आठवटै एपिसोडको छायांकन सकिएको र दर्शकको प्रतिक्षाको समय छिट्टै समाप्त हुने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार यो शोको सुटिङ पुरा हुन केही दिन मात्रै बाँकी छ । सञ्जय लीला भन्सालीका निकट स्रोतका अनुसार यो महिनाको अन्त्यसम्ममा सुटिङ सकिनेछ । यति मात्र होइन, नेटफ्लिक्सले यो वर्षको अन्त्यसम्ममा शो रिलिज गर्ने तयारी गरिरहेको छ ।

‘हिरामाण्डी’को स्टारकास्टको कुरा गर्दा यसमा फरिदा जलाल, मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, सञ्जीदा शेख, फरदीन खान, अध्यायन सुमनलगायतका कलाकारको अभिनय रहनेछ । फिल्मका सबै अभिनेत्रीको फर्स्ट लुक सेयर गरिएको छ, जसलाई दर्शकले रुचाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर