थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्दै — OSNepal

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्दै

LC (KTM) June 12, 2023 0

काठमाडौ,  २९ जेठ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि आइपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरेपश्चात सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणको लागि ६ लाख १३ हजार १६२ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । सो आईपीओमा न्यूनतम १० कित्ता देखि ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । कम्पनिको आईपिओमा छिटोमा असार ८ गतेसम्म बिक्री खुल्ला हुनेछ ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर