हेल्पिंग हेन्ड्स इन इजरायलद्वारा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न



(एनपि न्यूज डटनेट) ०३ भदौ- हेल्पिंग हेण्डस इन इजरायलद्वारा १६-अगस्ट -२०१३ सुक्रबार साँझ तेल अभिव स्थिति लेभिनिसकी पार्क नजिक रहेको लाईबेरी हलमा एक कार्यक्रमको आयोजना गरि संस्थाले हाल सम्म गरेको कार्यबिवरण प्रस्तुत गर्यो । संस्थाका अध्यक्ष श्री कृष्ण ज्ञवालीको सभापतित्व र महामहिम राजदुत प्रल्हाद कुमार प्रसाईको प्रमुख आथित्य रहेको उक्त कार्यक्रममा अतिथीहरूमा उपनियोग प्रमुख खड्क प्रसाद दाहाल, द्धितिय सचिव रोशन खनाल, राजदुत पत्नी सिता प्रसाई, सचिव करूण अर्याल लगाएत भिन्न संघ-संस्थाका प्रतिनिधिहरु थिए । सो कार्यक्रममा हे.हे. इन इजरायलमा आबद्ध रहेका सहयोगी मनहरु लगाएत पत्रकार हरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम गरिने भनिएको उक्त कार्य कार्यक्रम समय अभावको कारणले कार्यक्रममा संस्थाको गतिबिधिहरु मात्र प्रस्तुत गरिएको थियो। कार्यक्रममा संस्थाले हाल सम्म गरेको सहयोग बिबरण, आर्थिक बिवरण प्रस्तुत गरेको थियो साथै कार्यक्रममा संस्थाको स्थापना कालदेखिनै संस्थालाई उल्लेखनिय रुपमा सहयोग पुर्याउदै आएका केही सहयोगी मनहरु र संस्थालाई प्रशंसापत्र वितरण गरिएको थियो । त्यस्तै, संस्थामा स्थापना काल देखि नै आवद्द रहेका सदस्यहरु र हाल संस्थाको कार्य समितिमा रहेका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा हेल्पिंग हेन्ड्स इन इजरायललाई अब बैधानिकता साथ अघि बढाउन चाडै नै Society of Helping Hearts (सहयोगी मनहरुको समाज) नाम बाट संस्था दर्ता गर्ने, संस्था दर्ता गर्दा यस संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरुले जनही रु. ५१०००- रकम संस्थाको कोषमा जम्मा गरिने कुराको जानकारी गराईएको थियो | हेल्पिंग हेन्ड्स इन इजरायलले गरेका कामको प्रसंसा गर्दै राजदुत प्रह्लाद कुमार प्रसाईले राम्रो काम को थालनी भएको बताए। उनले प्रशंसा योग्य कार्यमा आफ्नो आफ्नो ठाउँ बाट सकेको सहयोग पुर्याउनु पर्ने मा जोड दिएका थिए।

कार्यक्रमको समापन गर्दै संस्थाका संस्थापक अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीले कार्यक्रममा उपस्थितलाई धन्यवाद प्रदान गर्दै संस्थाको औचित्य र बिशेषता बारेमा प्रकाश पारेका थिए। संस्थाले प्रस्तुत गरेको सहयोग गतिबिधिमा डेढ बर्षको छोटो अवधि मा नै हेल्पिंग हेन्ड्स इन इजरायलले दुखि पिडितहरुलाई उल्लेखीय मात्रमा सहयोग पुर्याईसकेको उल्लेख गरिएको छ।

उक्त संस्थाले हाल सम्म प्रतक्ष्य रुपमा निम्न बमोजिमको सहयोग गरिसकेको छ:
– संखुवासभा खाँदबारीका रामचन्द्र कटुवालकी तिन बर्षिया छोरी सरस्वती कटुवालको लागि रु ३०,००० रकम प्रदान। कटुवाल ३० हजार जुटाउन पनि नसकी लामो समय पेट फुलेर जिवन मरणको दोसाँधमा थिइन्। उक्त संस्थाले उनलाई कान्ति बाल अस्पताल ल्याई उपचार गराएको थियो।
– गोर्खा जिल्ला उडिया गा.वि.स..मा सोहन सिं गुरुङको घरमा भएको आगोलागीमा परी घाईते भएका परिवारको उपचार्थ ललितपूरको प्लास्टिक सर्जरी अस्पताल मार्फत रु.५०,००० सहयोग पुर्याएको थियो।
– पोखरामा हिम पहिरोको कारण सेतीमा आएको बढी पिडित परिवारलाई सहयोग अभियान लगाएत, च्यारेटी सो र अन्य संघ संस्थाहरुको सहयोगमा भ्रमणको आयोजना गरि करिव रु. १,४७००० सहयोग प्रदान गरेको थियो।

– मृगौला पिडित प्रकास बस्नेतलाइ एक्सन युवा कल्ब मार्फत ५०१सेकेल करिब रु. १०,००० सहयोग पुर्याएको थियो।
– इजरायलमै बिभिन्न कारणले अप्ठेरोमा परेकी मुना चुवान र तारा देवी गौतम लाई जनही ५०० सेकेल प्रदान गरेको थियो।
– १७-सेप्टेम्बर २०१२ मा नेपालमा रहेका बिभिन्न पिडितहरुको पहिचान गरि एकै पटक निम्न पाँच ठाउमा सहयोग पुर्याएको थियो |
१)माता तिर्थ बृद्दा आश्रम। त्यहाँ रहेका बृद्द-बृद्दाहरुलाई बिहान बेलुकाको छाक टार्न पनि मुस्किल छ भन्ने खबर पाए पश्चात तत्काल रु. ४०,००० प्रदान।
२)रक्षा नेपालमा एक बलात्कार पिडित असहाय महिलालाई उपचारको लागी रु. ४०,००० रक्षा नेपाल मार्फत दिएको थियो।
३)कार्यक्रम यसो गरे कसोहोला भनेर देखाईएका एच.आई.भी. पिडित बालबालिकालाई सफलता HIV शिक्षा सधन किर्तिपुर मार्फत रु. ५०,००० प्रदान।
४)पोखरका कमल क्षेत्रिलाई रु. ५०,००० प्रदान।
५) बाग्लुंङ् जैबीका हेम राना मृगौला रोगको उपचार खर्च जुटाउन नसकेको अवस्थामा रु. ५०,००० सहयोग प्रदान। सोहि बेलामा नै बृद्दा आश्रम र बच्चाहरुलाई कार्यक्रमको दिन खाजा को लागि रु. ३०८२ सहित गरेर एकै पटक जम्मा रु. २,४३,८५७- सहयोग।
– ओमकुमारी ओली लाई रु. ५०,००० उनका आफन्तको मध्यमबाट सहयोग।
– धादिंग घर भई हाल भक्तपुरमा उपचार गराई रहेकी मृगौला पिडित सुसिला श्रेष्ठलाई रु. २५००० सहयोग प्रदान।

Comment