यस्तो छ आजको तरकारी तथा फलफूलको मुल्य, कुरीलो प्रतिकेजी २५० रुपैयाँ — OSNepal

यस्तो छ आजको तरकारी तथा फलफूलको मुल्य, कुरीलो प्रतिकेजी २५० रुपैयाँ

LC (KTM) June 15, 2023 0

काठमाडौ, ३२ जेष्ठ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार लोकल गाँजरको प्रतिकेजी न्यूनतम मूल्य  ११०, मटरकोशा प्रतिकेजी मूल्य १६०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी मूल्य  ५०, आलु रातो  ४०, नेपाली गोलभेडा ठूलो ३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ६०, कागती १६० रुपैयाँ, चमसूरको साग  रू १००, न्यूरो  ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ६०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ, किवि ६०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १८० रुपैयाँ,रहु माछा  ३१५, ताजा माछा९मुंगरी०  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप ७०, भारतीय लीच्ची २५०, लोकल लीच्ची १२०, खु्र्सानी सुकेको ४५०, लसुन। १८०, चाइनिज लसुन  २२० मा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर