विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु — OSNepal

विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु

LC (KTM) June 15, 2023 0

काठमाडौँ-प्रतिनिधिसभमा विनियोजन विधेयक, २०८० माथि आजदेखि मन्त्रालयगत छलफल सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा तीन मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।सभामुख देवराज घिमिरेले आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको सामूहिक छलफल हुने बताउनभुयो ।

प्रतिनिधिसभाको यसअघिका बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल सम्पन्न भएको थियो । सरकारले यही जेठ १५ गते संसद्मा आगामी आवको बजेट प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर