राजेश हमालको बधाइ पछि एमाले अध्यक्ष केपी ओलीले जनताको नाममा दिए प्रतिबद्धता

Posted By OSNepal, California, USA || Date: 16 December, 2017

महानायक राजेश हमाल अक्सर पार्टीगत कार्यक्रममा उपस्थीत हुँदैनन् । तर, वाम गठबन्धनले प्रतिनिधिसभा, प्रदेश तथा समानुपाति तर्फको परिणामा समेत बहुमत ल्याएपछि बालकोट पुगेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महानायक हमाले बधाई दिएका हुन् ।

महानायक हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउँन पनि ओलीलाई शुभकामना दिए । हमालको बधाई पाएपछि एमाले अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुने प्रतिबद्धता जनाएका छन् ।

‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ उनले भने, ‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।’

यता महानायक हमालसँगको भेटमा ओलीले चलचित्रका हिरोहरुले चलचित्रमा अभिनय मात्र होइन, देश बनाउन भूमिका निवार्ह गर्नुपर्ने बताए । हमालले भने देशले आफूहरुबाट गरेको अपेक्षा पुरा गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!