बेतनामा कछुवा छोडनेको संख्या बढयो



मोरङ । बिभिन्न जातका कछुवाहरुको संरक्षित क्षेत्रमा रुपमा बिकास हुँदै आएको मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रमा कछुवा छोडनेहरुको संख्या बढ्न थालेको छ । शनिबार पुर्बेली न्युजका अध्यक्ष शुरेसचन्द्र दहालले घरमा राखेको २५० ग्राम तौलको कछुवा सिमसारमा छोडेका छन ।

सिमसारका अधयक्ष डम्बर बस्नेत सचिब निशाकिरण राई कोषाध्यक्ष कमल कोईराला लगायतले सो कछुवालाई बेतना पोखरीमा छोडेका छन ।सिमसारमा अहिले सम्म ८५ वटा कछुवा छोडिएको अध्यक्ष बस्नेतले बताए । सो क्षेत्रमा अहिले ३ सय बढी बिभिन्न जातका कछुवाहरु रहेका छन ।

Comment