ईश्वर पोखरेल विरुद्ध माधव नेपाल, भन्छन् केपी ओली र प्रचण्डले आलोपालो सरकार र पार्टी चलाउँनु पर्छ

Posted By OSNepal, California, USA || Date: 17 December, 2017

यतिबेला नेपाली राजनीति निक्कै पेचिलो अवस्थामा पुगेको छ । वाम गठबन्धनले आफ्नो पक्षमा बहुमत ल्याउँदा समेत प्रधान मन्त्री शेरबहादुर कोइराला राजीनामा नदिने पक्षमा उभिए पछि राष्ट्रिय राजीनितमा अन्यौल देखिएको हो ।

प्रधानमन्त्री देउवा राष्ट्रियसभा निर्माण पछि मात्रै सरकार छाड्ने मनष्थीतिमा छन् । तर, तत्कालै प्रधानमन्त्री देउवाले राजीनामा दिएर नयाँ प्रधानमन्त्रीका लागि बाटो खाली गर्नु गर्ने नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बताएका छन् ।

नेता नेपालका अनुसार संविधानाम प्रतिनिधि सभा निर्वाचनमा जून दलको पक्षमा बहुमत प्राप्त हुन्छ सरकार उसैले निर्माण गर्छ । त्यहाँ बहालवाल प्रधानमन्त्रीको आयु स्वत् समाप्त हुने भएका कारण राजीनामा नै दिइ रहनु पर्ने अवस्था नेता नेपाल देख्दैनन् । तर, प्रधानमन्त्री देउवाले राजीनामा दिएर देशको नेतृत्व अर्को व्यक्तीलाई सुम्पदा उपयुक्त हुने नेपालले सुनाए ।

एमाले महासचिव इश्वर पोखरेलले पार्टी र सरकारको नेतृत्व एकै व्यक्तीले गर्ने भनेपछि माओबादी केन्द्रमा यतिबेला खैलाबैला मच्चिएको छ । र, नेपाली जनताको पनि यही चाहाना छ, नेकपा एमाले र माओबादी मिलेर सरकार र पार्टी नेतृत्व आलोपालो पद्धतीमा गर्नु पर्नेमा नेता नेपाल जोड दिन्छन् । कारण वाम गठबन्धनको मूल धरातल नै यही भएको नेपालको दाबी छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!