पुर्वमा बल्दैछ दिपकमलकाे दीप (फोटो फिचर सहित)

Posted By OSNepal, California, USA || Date: 5 January, 2018

ज्ञानेन्द्र काेइराला । पुर्वका ब्यस्त गायक तथा संगीतकारको नाम हो दिपकमल चेम्जोङ । २०५२ साल देखी एउटा कल्व बाट गाउन शुरु गरेता पनि २०५६ साल बाट ’इक्सादिन खाम्बेक‘  बर्तमान किरात धर्मगुरु आत्मानन्द गुरुको शब्दशब्द रचनामा “तान्छोदिन तारे” भन्ने गितको संगीत र गायन दुबै क्षेत्रमा आफूले औपचारिक रुपमा शुरुगरेको चेम्जोङ बताउछन । आफ्नाे संगीतमा कलायात्रा शुरुगरेका ‘एकपलमा हराउने माया’,‘एक तर्फीमाया’,‘सिरैमा सिरफुल’,लगायत लिम्बु भाषाका ‘ म्यान्छिन नुमाए’ जस्ता गीतहरु श्रोताले रुचाइएपछि अहिले उनको चर्चा बढेको छ । आफ्नै संगीतमा मिलन अमात्य संग गाएको गीतबाट पनि आशाबादी रहेको “मलाइ मन पर्छ”,“नबोलेर के भो” जस्ता गीतहरु पनि श्रोताले मन पराउने दाबी गर्छन,गायक,संगीतकार तथा सर्जक दिपकमल चेम्जोङ यतिबेलाका पुर्वमा प्रतिभासाली संगीतकारहरुको लिस्टमा पर्छन ।

अहिले यनको गीत संगीतको राम्रो माग बडिरहेको उनि सम्झिन्छन आफ्नाे संघर्षका शुरुवाती दिनहरुमा धेरै अग्रजहरुबाट आफुलाइ दबाउने र प्रगती गर्न नदिने प्रयास गरिएता पनि आफु यो क्षेत्रमा आएरै छाडेको र केही गर्ने उत्साह पनि भएको बताए , तर उनि भने नयां पुस्तालाइ अाफुले सघाउने बिचार राख्छन । यसमा उनको छुट्टै राय पनि छ ,‘ केही सिकेर आउनुस मैले सकेको सहयोग गर्ने छु ’ उनका साम्याेफुङ एलबम बाट ८ गीतहरूकाे भिडियाे पनि बजारमा अाइसकेकाे छ ।उनि गितका सर्जकहरु को नाम हरु लिदा आन्छुमे नसान ,नरेन्द्र लावती ,लाई विशेष लिन चाहान्छन ।

२०३८ सालमा धनकुटा मुढेबासमा जन्मिएका दिपकमल संगीत र गायन मात्र नभएर काष्ट मुर्तिकलामा पनि पाराङ्गत छन । आफु घुम्दै जादा माटाका सुन्दर मुर्तिकला देखेर आफुले ढुङ्गामा प्रयोग गर्दा सफल भएपछी काष्टकला शुरु गरेका चेम्जोङ्ग अहिले पुर्वका विभिन्न शहर हरुमा आफ्नाे कलाले परिचित छन ।
यस कलामा श्रीप्रसाद राइलाइ गुरुमान्ने उनका कलामा इमान सिहं चेम्जोङ्ग, फल्गुनन्द,बुद्घ,गणेश,लक्ष्मी, कृष्ण आदिका बिभिन्न मुर्तिकलाले प्रसिद्घी पाइरहेका छन । उनि गीत,संगीतका अलावा काष्टकला बाट पनि आफ्नाे पहिचान स्थापित गराउने उदेश्यले संघर्षरत छन दिपकमल । (फोटो फिचर)

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!