नेपाली बजारमा नन्दिनीका सौन्दर्य सामग्री — OSNepal

नेपाली बजारमा नन्दिनीका सौन्दर्य सामग्री

LC (KTM) August 11, 2023 0

काठमाडौं – विभिन्न सौन्दर्य सामग्रीहरू अग्र्यानिक रूपमा उत्पादनगरी विश्व बजारको अधिकाशं देशहरूमा निर्यात गर्दै आएको नन्दिनी हर्वल केयर प्रालिका उत्कृष्ट ब्राण्डहरू नेपालमा भित्रिएको छ । भारतको गुजरातमा रहेको मुख्यालयबाट दुवई, कतार, थाइल्याण्ड, न्यूजिल्याण्ड, ओमन, बंगलादेश, श्रीलंकालगायत करिब ४५ वटा देशहरूमा निर्यात हुँदै आएको नन्दिनी अग्र्यानिक ब्राण्डका अग्र्यानिक सौन्दर्य सामग्रीहरू औपचारिक रूपमा नेपाल भित्रिएको हो ।

सन स्क्रिन, मोश्चराइजर, फेश वास, डे क्रिम, नाइट क्रिम, इसन्सियल आइललगायत थुप्रै अग्र्यानिक सौन्दर्य सामग्रीहरूको बिक्री वितरण गर्न लागेको कम्पनीका उत्पादक नन्दिनी हर्वल भारतका प्रबन्ध निर्देशक हितेश लिम्बानीले जानकारी दिनुभयो । नेपाली उपभोक्ता माझ भारतीय सौन्दर्य सामग्रीहरूको विश्वासका कारण लामो अनुसन्धानपछि आफ्ना अग्र्यानिक सौन्दर्य सामग्रीलाई सहज रूपमा बजारीकरण गर्न सकिने अवस्था देखेर नेपालमा नन्दिनी अग्र्यानिक ब्राण्डका सौन्दर्य सामग्री भित्र्याइएको लिम्बानीले बताउनुभयोे । नेपाली ग्राहकलाई विश्वस्तरीय सौन्दर्य हेरचाह उत्पादनहरू प्रदान गर्ने स्पष्ट मिशनका साथ यस्ता उत्पादन नेपाल ल्याउन आफ्नो पसिना र परिश्रम लगाएको लिम्बानीको जिकिर छ ।

नन्दिनी ब्राण्डका सौन्दर्य सामग्री नेपालका विभिन्न आउटलेट, वितरक, व्युटिपार्लर, सलुन, मेडिकल स्टोरलगायत मार्ट सपिङ मलहरूमा सहजै उपलव्ध हुने, उक्त उत्पादनलाई नेपालमा वजारीकरण तथा व्यवस्थापनको जिम्मेवारी लिनुभएका कन्ट्रि म्यानेजर पदम शर्माले जानकारी दिनुभयो । गुणस्तरमा शतप्रतिशत प्रतिबद्धता जनाएको कम्पनीले करिब तीन वर्षदेखि नेपाली बजारमा एन प्लस प्रोफेशनल तथा ला रिभेरी ब्राण्डका उत्कृष्ट सौन्दर्य सामग्री बिक्रीवितरण गर्दै आएको छ ।

नेपालको अधिकांश युनीसेक्स सलुन, पार्लर तथा सौन्दर्यकर्मीको पहिलो रोजाइरहेको एनप्लस प्रोफेशनल तथा ला रिभेरीका उत्पादनहरूको माग बढ्दै गएको कन्ट्रि म्यानेजर शर्माको भनाइ छ । भारतको सौन्दर्य सामग्रीको चर्चित ब्राण्डभित्र उत्कृष्टमा पर्ने नन्दिनी हर्वलले नेपालमा पनि राम्रो बजार लिनेमा ढुक्क आफूहरू ढुक्क रहेको उहाँको भनाइ छ ।

नन्दिनी अग्र्यानिक ब्राण्डका बारेमा जानकारी दिने उद्देश्यले राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मिस नेपाल-२००० उषा खड्गी तथा सामाजिक अभियन्ता भीम उपाध्यायले संयुक्त रूपमा उक्त उत्पादनहरूको औपचारिक बिक्रीवितरण शुभारम्भ गर्नुभएको थियो ।

सो अवसरमा मिस नेपाल खड्गीले आफूले विभिन्न ब्राण्डको एम्बेसडर भएर काम गरेको र विभिन्न ब्राण्डेड उत्पादन प्रयोग गर्दै आएको तर पहिलो पटक यस्ता अग्र्यानिक सौन्र्दय ब्राण्डका बारेमा जानकारी लिँदा यस उत्पादनले नेपालमा राम्रो बजार पाउने बताउनुभयो । सञ्चारकर्मी सोनीतराज ढुंगेलले सञ्चालन गरेको कार्यक्रमलाई सञ्चारकर्मी राज लुइँटेलले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर