आमा बन्दै चर्चित नायिका मनिषा कोइराला

Posted By OSNepal, California, USA || Date: 6 January, 2018

काठमाडौं । भारतीय चर्चित अभिनेता संजय दत्तको बायोपिक फिल्म दत्त’ मा संजयकी आमाको भूमिका निर्वाह गरेकी मनिषा केइराला फेरी एक पटक चर्चामा छिन् । राजकुमार हिरानीले निर्माण निर्देशनमा बन्न लागेको यो फिल्ममा रणवीर कपूरले संजय दत्तको भूमिका निभाउँदैछन् ।

दीया मिर्जा संजयकी पत्नी मान्यताको भूमिका निर्वाह गरिरहेको फिल्मको छायांक सेटबाट नै फस्र्ट लुक सार्वजनिक भएको छ । सेटमा मनिषा कोइराला समेत देखिएकी छन् । फिल्ममा सोनम कपूरलाई देख्न पाइनेछ ।

उनले संजयको पुरानी प्रेमिकाको भूमिका निभाउने बताइएको छ भने अनुष्का शर्माले पत्रकारको भूमिका निर्वाह गरिरहेको बताइएको छ । त्यस्तै संजयका बाबु सुनिल लत्तको भूमिकामा परेश रावल देखिने भारतीय मिडियाहरुले जनाएका छन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!