आजको राशिफल : बि.स.२०७४ पौष २३ गते । आईतबार । ईश्वी सन् २०१८ जनवरी ०७ तारिख । नेपाल सम्बत् ११३८ ।

Posted By OSNepal, California, USA || Date: 6 January, 2018

ओएसनेपाल क्यालीफोर्निया – बि.स.२०७४ पौष २३ गते । आईतबार । ईश्वी सन् २०१८ जनवरी ०७ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि षष्ठि ३६ घडी ५३ पला,बेलुका ९ बजेर ४३ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वा फाल्गूनी ० घडी २१ पला,बिहान ७ बजेर ०६ मिनेट उप्रान्त उत्तर फाल्गुनि । योग सौभाग्य १३ घडि १३ पला,दिउसो २ बजेर ४५ मिनेट उप्रान्त शोभन । करण गर,बिहान १० बजेर १३ मिनेट उप्रान्त तैतिल वणिज,रातको ९ बजेर ४३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा छत्र योग । चन्द्रराशि सिंह,दिनको १२ बजेर ५८ मिनेट उप्रान्त कन्या । अरनिको स्मृति दिवस।

काठमाडौंमा सूर्योदय ६ बजेर ५८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर २३ मिनेट जादा । दिनमान २६ घडी ०३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या तथा प्रतिश्पर्धामा पर्तिपर्धिहरुलाई हराउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्वहरुको भेटघाटमा शैक्षिक गुणस्तर स्तर उन्नती गर्ने बिषयमा गहन छलफल हुँनेछ । आत्मिय मित्र तथा आफ्नो प्रिय पात्रबाट प्रशस्त आर्थिक सहयोग प्राप्त गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । बंश बृद्धिको योग रहेको छ भने छोरा छोरिको प्रगति देखेर घर परिवारका सदस्य तथा छिमेकिहरु खुसि हुँनेछन् । मध्यान्हपछि सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् ।

शुभ अंक — १,५ शुभ दिशा — दक्षिण

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन अलि बढि मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुँनेछन् । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ । आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुँनेछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ ।

शुभ अंक — २,५ शुभ दिशा — पश्चिम

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । जनसम्पर्क बढ्ने तथा दाजुभाई,छिमेकिबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । छोटो तथा महत्वपुर्ण यात्राको तय हुनेछ । पराक्रम बढेर जाने हुनाले शाहसिलो काम गर्ने जोस जागर बडेर आउनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । आफन्त तथा आमा सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । नयाँ प्रकृतिको काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । छिमेकि तथा दाजुभाईको सहयोगमा राम्रा काम गर्न सकिने समय रहेकोछ ।

शुभ अंक — १,४ शुभ दिशा — पश्चिम

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय र परिस्थितिको राम्रो सँग अध्ययन तथा बिश्लेषण गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मानसम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा सोचेजस्तै आम्दानि हुनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ ।

शुभ अंक — २,६ शुभ दिशा — उत्तर

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । आफन्तजन तथा घर भित्रकै मानिसबाट धोका हुन सक्छ सजक भएर काम गर्नुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले हितैसि मित्रहरु सँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । यात्राको शिलशिलामा मनमोहक दृष्यहरुको अवलोकन गर्ने अवसर जुर्नेछ । राजनिति तथा समाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुदा पद प्राप्त गर्न सकिनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — पुर्व

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउँन राम्रै मेहनेत गर्नुपर्नेछ ।

शुभ अंक — ३,७ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

शुभ अंक — २,८ शुभ दिशा — पुर्व

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — दक्षिण

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । समस्याका खाडलहरु पुर्नको लागि अथक प्रयास गर्नुपर्नेछ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । गन्तब्य बिहिन यात्रा हुने अधिक सम्भावना रहेकोछ ध्यान दिनुहोला ।

शुभ अंक — १,४ शुभ दिशा — पुर्व

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) एकल तथा साझेदारि व्यावसाय फस्टाएर जानेछ । ब्याबसायिक यात्राको सन्द्रर्भमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुुहोला नराम्रा घट्ना घट्न सक्छ । अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ ।

शुभ अंक — २,५ शुभ दिशा — दक्षिण

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रतिश्पर्धामा पतिश्पर्धिहरुलाई हराउँदै सम्मानजनक पद प्राप्त गर्न सकिनेछ भने बिपक्षिहरु आफै किनारा लाग्नेछन् । सम्मानित ब्यात्तित्व सँग बसेर व्यापार बिस्तारको सवालमा दिईने तपाईको प्रश्तुतिले नयाँ तरङग पैदा गर्नेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुँने हुँनले घर परिवारमा खुसियालि छाउँनेछ । अध्ययन तथा अध्यापनमा प्रगति गर्दै नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । साथिभाई तथा मन परेको मानिसलाई लिएर रमाईलो यात्राको तय गर्न सकिनेछ । माया प्रेममा आफ्नो प्रीयपात्र लाई लिएर नयाँ नयाँ दृष्यहरु हेर्ने अवसर प्राप्त हुँने हुँदा दिनलाई रमाईलोका साथ कटाउँन सकिनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!