माग्ने बुढाले एउटा कलम किनेर उपहार दिए, यस्तो छ रहस्य



लेखक : केदार प्रसाद घिमीरे ( माग्ने बुढ़ा ) 

उद्योग बाणिज्य महासंघले हिजो हेटौडामा आयोजना गरेको कार्यक्रममा म र सितादेबी तिमल्सिनाले प्रहशन देखायौं । आफ्नो प्रस्तुती सकिनासाथ आफन्तका घरतिर कुदियो । आफ्नै ठाउँको कार्यक्रममा आउदा पनि भेटघाटमा गईएन भने आफन्तको दह्रो गुनासो सुन्नुपर्ने हुन्छ ।

हिजो पनि कार्यक्रम सकेर डुल्दै थिएँ राती १० बजेतिर पत्रकार साथी Maniraj Gautamको फोन आयो । भन्नुभयो “एक जना भाइ तपाइको खत्रा फ्यान हुनुहुदोरैछ।तपाइसंग फोटो खिच्न पाइन भनेर रोइरहनुभएको छ ,तपाइँ जतिसक्दो चांडो हेटौडा रिसोर्ट आइदिनुपर्यो “। शुरुमा त होइन होला जस्तो लाग्यो किनकि कार्यक्रम सकिएको यतिका बेर भैसक्यो कोहि किन रोएर बसोस् ? म आफ्नै हिसाबले रिसोर्ट गएँ ।

गएर निर साह ज्यु ,दिपा दिदि , जितु दाइ नरेन्द्र महर्जन दाइ ,सुमन भान्जा लगाएतसंग गफ गर्न मात्र के लागेका थियौँ मनिराज गौतमले बाहिर बाट नक् गर्नुभयो ,म बाहिर निस्किएँ ,नभन्दै एक जना १२\१३ बर्षका भाइ रुदै रहेछन, साथमा उनका अविभाबक लगाएत थिए । मैले च्याप्प समातें र अंगालोमा कसें र नरुनका लागि अनुरोध गरें ।तर रुन बन्द भएन । भुलाउनका लागि २/४ प्रश्न सोधें । प्रश्न :- नाम के हो ? उत्तर :-Aagaman Koirala । प्रश्न :- कति कक्षामा पढ्नुहुन्छ ? उत्तर :- छ कक्षामा । प्रश्न :- बुवा के काम गर्नुहुन्छ ? उत्तर :- हुप्रा चौरको गेटमा बाइक बेच्ने पसल छ । उनि आँसु पुछ्दै उत्तर दिदै थिए ।

मणिले गफ गर्दागर्दै फोटो खिचीसकेका थिए । आगमन एक चोटी पनि नहाँसी “ढिला भयो जाउँ” भनेर लिएर गए ।आज बिहान उठ्नासाथ कता कता आगमनको याद आयो ,त्यो मान्छे कतै अझै रुँदै त छैन ? संगै काठमांडू फर्कने कलाकारहरु अझै सुतिरहेका थिए । एक चोटी आगमनको घरमै गएर हाँसेको अनुहार हेरेर मात्र काठमांडू फर्किन्छु भन्ने अठोट गरेर मनिराज लाइ फोन गरेँ र सोधें “एक छिन आगमनको घर जान सकिन्छ ? ” जाउँनत जाउँ भन्ने उत्तर आएपछि किताब पसलमा एउटा कलम किनें उपहार दिनका लागि । सुत्केरी भएकी सरिता बहिनिलाइ भेट्ने भनेर सीताले गाडी लागिसकेकी थीइन , बाटोमा मनिराजको बाईक पर्खेर बसें । जाडोमा बाइक चढ्न गाह्रो भन्दै मनिराज त् अटो (टेम्पो ) पो लिएर आएछन ।

भैरबरोडमा आगमन, बुबा, आमा दाइ समेत ४ जना एक तले घरमा बस्दारहेछन। आगमनको आमाले मिठो कफी खुवाउनुभो,बाबाले चाहिँ मोटरसाइकल बेच्ने पसल देखाउनुभो,कलम उपहार दिंदै मैले “धेरै पढ्नु है”भनें , हामीले धेरै फोटोहरु खिच्यौं । आगमनको हाँसेको अनुहार देखेपछि आनन्द मान्दै हामि काठमांडू फर्क्यौं ।

फोटो तथा भिडियो श्रोत : मनिराज गौतम ।

Comment