गोविन्द केसीलाई पक्रिदा चिच्याउनेहरु बालकृष्ण ढुङ्गेलवारे किन मौन ?- बिबि खराल

Posted By OSNepal, California, USA || Date: 9 January, 2018

लेखक : बिबि खराल ( हाल कतार ) 

यहि लोकतन्त्र र गणतन्त्र निमित्त सहिद हुने र जिउदा सहिद हुने माओवादी आन्दोलनको सम्मान नहुने देश यहि हो । बालकृष्ण ढुङेल जस्ले आफ्नो जीवन नेपाली समजाको न्याय र मुक्तिका लागि लढे उनै र उनी जस्ता योद्धाहरु यहाँ जेल जान कोच्न पठाउने न्यायलय पनि यहि देशकै को हो । विधि र बिधान बिना चलेको देश पनि मेरै हो । हिजो आज डाक्टर गोबिन्द केसिको माग जायज हो तर उनलाइ हिरासतमा कोच्न पठाउने र प्रहरी गएर पक्राउ गर्ने यो कुन नयाँ हो र ?

बिगतका इतिहास हेरौन यहाँ भण्डार पर्व ,कोत पर्व ,भिमसेन थापा पुर्ब प्रधानमन्त्री काणड ,लखन थापा ,धर्मभक्त माथेमा ,दशरत चन्द्र ठकुरी शुक्रराज शास्त्री जस्ता शहिदहरु ,भिमदत्त जस्ता राष्ट्र बादिहरु ,राजा महेन्द्रको चितवनमा रहस्यमय हत्या ,सुखानी का शहिदहरु ,झापा बिद्रोह ,प्रजा परिषदका सहिदहरु ,बहुदलीय प्रजातान्त्रका शहिदहरु ,जनताका नेता जननेता मदन भण्डारि ,राजा बिरेन्द्रका परिवार ,जनयुद्धका शहिदहरु ,घाइतेहरु ,अपांगहरु ,लोकतान्त्रका निमित्त सहिदहुनेहरु ,घाइतेहुनेहरु ,मधेस थारु ,दलित ,जनजाती र मुस्लिम समुदायले आफ्नो संबैधानिक अधिकार माग्दा शहिद हुनुपर्ने देश !

जहाँ अरबौ भ्रस्टाचार गर्ने चिरञ्जीवी ,गोबिन्दराज जोसि ,खुम्बहादुर खड्का ,चुणामडी शर्मा ,लोकमान कार्की ,कृष्ण सिटौला ,रुबेल चौधरी यी गिन्तिका गिन्ती नामवालाहरु बेनाम वालाहरु तहरेक गल्ली टोल देखि शहर सम्म र सरकारी कर्मचारीमा ९०% घुसखोरी कर्मचारी ,९९% घुसखोरी हाल सम्म बनेका राज्य सरकार जस्ले समाजमा सम्मान र इज्जत पाउँछन् हो त्यो हो मेरो देश जहाँ शक्ति र पत्ती दारु र भारु ,तरुनी र मारुनिको इसरामा चल्छ देशको सरकार र मातहातका निकाय त्यहा एक जना कठैबरा जनताको निमित्त पागल बनेका एक जना पागल डाक्टर केसि लाई समात्यो र प्रहरिले खोरमा कोच्यो भन्दा नेपाली फेसबुके अभियानताहरु हिजोदेखी फेसबुक संजालमा चिचाएको देख्दा अचम्म लाग्छ ।

इतिहास हेर्नुस मेरो देश त्यो हो जहा मन्त्री ले सफत खाएर आफ्नो डेरामा साझमा पुग्दा खुकुरी प्रहार भएर ज्यान बजाउन गारो भाछ ,नेपालको संबेदनसिल क्षेत्रमा दिनदाहाडै गोलि हानी नागरिकको हत्या हुदा सुरक्षा निकाय बेखबर हुन्छ , हिजो २०५९ सालतिरको कुरा हो म काठमाडौं को घन्टाघरमा हिड्दै गर्दा पुषको महिनामा पुर्ब प्रधानमन्त्री भएका प्रजातान्त्रिक नेता गिरिजा बाबू जो प्रजातान्त्रको निमित्त सडकमा शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरिको बुट र लाठी खाएको र हनुमानढोकामा कोचेको इतिहास छ ।

जनताको लोकतान्त्रिक र अधिकारका निमित्त बिद्रोहको आन्दोलन गरेका नायक प्रचण्ड बाबुराम ज्युको टाउकोको मूल्य तोकिएको मेरो देशको त्यो इतिहास हिजो २४ घन्टा अगाडिको जस्तो लाग्छ । आज डा केसि जस्ताले अनसन बसेर आन्दोलन गर्ने दिनहरु आएकाछन ,प्रेस स्वतन्त्रता आएको छ ,नागरिकले आफ्नो अधिकार ढुक्क सङ बोलेर राख्न र सडक तताउन सक्ने त्यो मात्रै नभएर सदनभित्र कुर्ची फोरेर आफ्नो अधिकार र मत राख्न पाउने अधिकार पाइसकेका छन । यी सबैको निमित्त देशमा १७ को बलिदान गएको छ तर यहि समाज त्यतातिर मौन छ ! असैलाइ वास्ता र मतलब छैन किन मारिए र सहिद भए भन्नेमा !

आज यो समाज झन सास्कृती बिचल्लीमा परेको र स्वार्थी समाज भैसकेको छ । यो अधिकार को निमित्त जस्ले लढे जस्का छोराछोरीहरु सहिद भए ,जो घाइते र अपांग छन ,जो एक इतिहास पार गरेर जनताको अधिकार संविधान सभामार्फत देशमा लोकतान्त्रिक समाबेसी गणतन्त्र स्थापनाको निमित्त जिउदो सहिद भए जस्लाइ माओवादी लाल सेना भनिन्छ आज उनैको देशमा न कसैलाइ मतलब छ न कसैलाइ हेर्ने दृस्ठिकोण यो समाजको नियत राम्रो छ ! वा रे समाज वा ! जस्ले तिम्रा र तिम्रो छोराछोरिको भबिस्यको लागि सहिद हुन तयार भए कति सहिद भए र कति जिउदा छन ।

जस्लाइ १२ बुदे शान्तिपूर्ण शान्ती सम्झौताको मर्म बिरुद्ध समाजमा माओवादी र लाल सेनालाइ अझै सम्मान जनक रुपमा हेर्ने दृस्ठिकोण नभए सम्म यो देशमा विधि र बिधान अनि लोकतान्त्र बलियो हुन सक्दैन ।

आज केसि का निमित्त समाज बोल्न तयार छ । उनले गरेका र राखेका माग सम्मानजनक छन म पनि उनको नयाँ किसिमको बिद्रोहात्मक आन्दोलनको सम्मान गर्छु समर्थन गर्छु । आज यहि समाज हो जस्ले एक स्वास्थ क्षेत्रको परिवर्तनका निमित्त आवाज उठाउने योद्धा लाई साथ दिएको छ कारण उनी माओवादी होइनन ।
तर पुरै देशको निमित्त युद्ध गरेर ज्यान फाल्ने सहिद ,घाइते ,बेपत्ता,र परिवर्तन को निमित्त जेल जीवन बिताउन बाध्री बालकृष्ण ढुङ्गेल जस्ता योद्धाहरुको बारेमा आखिर किन बोल्न चाहदैन यो समाज ? उनलाइ पनि त्यही अदालत ले नै त हो जेल कोच्न आदेश दिएको होइन र ??? अब माओवादी लगाएत बाम शक्ति आखिर परिवर्तन को निमित्त आहुती दिने योद्धाहरुको बारेमा सडकमा उत्रनेकी नाइ ??? प्रश्न बाम गठबन्धन र परिवर्तनगामी शाक्तिहरुलाइ यो प्रश्न गर्न चाहे !

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!