जन्मदिनको उपहारमा आत्महत्या

Posted By OSNepal, California, USA || Date: 11 January, 2018

“आँखा नदेख्नु अनि कान नसुन्नु नै जाति ऊ संग एउटा मात्र गुनासो हुन्छ, म आँखा देख्दिन अनि कान पनि सुन्दिन तर; तर आँखा र कान दुवै साध्य भएकालाई धेरै गुनासो हुँदो रैछ | तिम्रो स्टाटस पढ़ना साथ झट्ट याद आयो तिमीले कुरियर गरेर पठाउने तिम्रा हरेक पत्रिका जुन पत्रिकामा तिम्रा रचना अनेक नाम गरेर छापेका हुन्थेउ र एक प्रति मेरो नाममा मेरो घरको ठेगानामा हत्तनपत्त पठाउँथेउ । तर बिडम्बना सबै गाउँकाले त्यो पत्रिका पढिसकेपछि मात्र मेरो हातमा आईपुग्थ्यो । अनि म खिस्स हाँस्थे त्यो हँसाई संसारको सबै भन्दा अमुल्य र मिठो हाँसो … किनकि, न त त्यसमा कुनै संकोच न त भय न त डर न त कुनै बाध्यता आफ से आफ फुस्कने हाँसो हुन्थ्यो बिना अवरोध हाँसीने हाँसो आहा कति मिठो हाँसो साच्चै तिम्रो रचना पढ्दा।

……… र अचम्मित नि हुन्थे कोहि तिम्रो रचना पढेर गह भिजाउथे तर तिम्रो आँशु मिश्रित लेखाईले किन मलाई पगाल्न सकेन? तिमि फोन मै डाँको छाडेर रोई दिन्थेउ मानौ तिम्रो सामु मेरो लाश छ तर तिम्रो त्यो आर्तनाद मलाई वाहियात लाग्थ्यो तिम्रो त्यो हर्कत बच्चाको झैँ बिना लाज बिना डर र भित्रैबाट को रुवाई त्यो रुवाई पनि संसारकै हलुङ्गो र अर्थहीन रुवाई किनकि जसको कारणले रोयौ उसकै मन पगाल्न नसक्ने रुवाई | अचम्मको छ है यो माया? तिमि रोईदियौ अर्थहीन म हासी दिए मिठो हासो भनेका थियौ “म, तिमि पात्र बनाएर एउटा उपन्यास छाप्छु” म पनि फरवार्ड प्याच्च भनिदिए “लौन म पात्र भएको उपन्यास पढ्ने धोको छ लौ झट्ट पुरा गरन “ कति कठोर है मेरो मन ? आज बल्ल महसुस गर्दैछु कस्तो हुँदो रहेछ छटपटी कस्तो हुँदो रहेछ पिडा अनि कस्तो हुँदोरहेछ एकोहोरो मायाको पागलपन l त्यतिखेर मलाई त्यो उर्जा उस्को मायाको शक्तिले दिएको थियो, लाग्थ्यो उस्को माया मात्र अमुल्य, उस्को मात्र मन दुख्छ, उस्को मात्रै छ मन अनि माया | तर खयर उस्को कुरै छाडम ।

मलाई थाहा छ तिम्रो वास्तविक आई डी मैले ब्लक गरेपछि तिम्ले फेक आईडी बाट मलाई फ्रेन्ड रिक्वस्ट गरेका थियौ । मलाई थाहा थियो त्यो तिम्रो फेक आई डी हो भनेर तर पनि ८९५ जना लाई पेंडिंगमा राखेर तिम्रो मात्र रिक्वेस्ट अक्सेप्ट गरेको थें। हो तिम्ले लाईक कमेन्ट नगरे पनि मेरा हरेक फोटो र स्टाटस हेरेका हुन्थेउ मेरो दुखि स्टाटस देख्नासाथ मेरी सहेलिलाई सोध्थेउ रे आज के भो अनु लाई ?अनि थाहा छ मलाई तिमि मन नपरेनी तिम्रो रेडियो कार्यक्रम खुबै मन पर्थ्यो म पनि घरमा बसेर तिम्रा प्राय: हरेक कार्यक्रम सुन्थें अनि था’छ तिमीले मेरो स्वर र वाचन शैली राम्रो छ भनेर उक्सायार नै मैले रेडियो मा प्रोग्राम गर्न थाल्या। मेरो प्राय कार्यक्रम मा तिम्रै गजलबाट कार्यक्रमको दैलो उघार्छु तर बिडम्बना तिम्र नयाँ र अझ परिष्कृत गजल वाचन गर्न पाउँदिन किनकि त्यो कालो रात निम्त्याउने पापी हत्यारा मै हुँ आज म पाप को प्रायश्चित गर्दैछु कहिलेकाही यस्तो लाग्छ तिम्रो हत्यारा मै हुँ भनेर सारा जिवन जेलमै तिम्रो याद मै बिताईदिउँ, मेरो पापको प्रायश्चित गर्दै, अनि तिम्रो आत्माले शान्ति पाउँछ कि जस्तो लाग्छ फेरी अर्को मनले भन्छ तिमी झन् दु:खी हुनेछौ यदि मैले तेसो गरे किनकि तिमीले त मलाई दु:खी हैन सुखी हेर्न चाहन्थेउ तेसैले आफ्नो छटपटी , पिडा र रहस्य मनमै गुम्सायर राखेकि छु।

यदि मैले मेरो जन्मदिनको पार्टीमा तिमीलाई बोलाएको भए आज यो दिन देख्नु पर्ने थिएन तिमीले दिएको जन्मदिनको उपहार त्यो रातो गुलाफ स्वीकारेको भए……… सायद, हरेक जन्मदिन झिलिमिली मैन बालेर वर्षेनी केक काटी खुशी बाँड्न पाउने थिएँ र सबैभन्दा पहिला तिमीलाई नै ख्वाउने थें केक, यदि रिसको आवेगमा हो तिमी मरेनी मर तिम्रो उपहार र तिम्रो माया स्वीकारदिन भनेकी मात्र के थिए तिमी रुँदै साच्चै म त मरिदिन्छु, आज मरे कम्तिमा जन्मदिन सम्झंदा मलाई नी सम्झिरहने छौ कम्तिमा बर्षको एक पटक भए नी र हिक्क बाडुल्की लाग्दा सम्झौला तिम्ले मेरो रातो गुलाफ स्वीकारेउ। तर मैले त तिमी साहित्यकार हौ भावनामा बहकाउन खोजेर घुर्काको हौला भोलि त कार्यक्रम चलाउन एफएम पुगी हाल्छौ नी भन्ठानेको थें किनकि सञ्चार यस्तो चिज हो जहाँ भावना भन्दा बास्तबिकता अन्गालिंछ कैयौले बिस्वास गर्ने पात्र हो संचारकर्मी उनीहरुले बोलेको हरेक कुरा सत्य ठान्छन कैयौ श्रोता को दु:खमा ढाडस दिने व्यक्ति त्यति कम्जोर छौ भन्ने एक मन मा पनि चिताको थिइन र पत्याईंन तिम्रो कुरा, एकछिन मा फेसबुक खोल्दा तिम्रो म्यासेज थियो ह्या भनेर झ्याउ लागेर म्यासेज नि हेरिन अर्की साथी अपेक्षाले दु:खद समाचार भन्दै भोइस म्यासेज पठाई म छाँगाबाट खसे जस्तै भएँ वाक्य बिहीन चारैतिर अँधेरो झन् अँधेरो छायो मुटु काप्न थाल्यो नयन हो या नदीको मूल भेल बगेर मलाई नै बगाउला झैँ भयो म त बेहोस भएछु व्युंझिदा अस्पतालको बेडमा।
……. हत्तनपत्त हातको इन्जेक्सन झिकेर फ्यांकें अनि बाहिर आउँदा मेरै सामुबाट तिम्रो लास पोष्टमार्टम सकेर तिम्रो ममी बुवा अनि दिदीको आर्तनाद संगै अघि बढ्दै थियो हो तिम्रो बुवा ममीको बुढेसकालको लौरो भाँच्ने पापीनी मै हुँ अनि तिम्री दिदीको भाईटिकाको निधार रित्याउने मै हुँ दुष्ट। जव जव मेरो जन्म दिन आउँछ तव तव त्यसै त्यसै मन भक्कानिएर आउँछ। आजै मेरो जन्मदिनमा सपनी मै भएनी आयौ रातो गुलाफ लिएर आज त केहि नमागी गयौ बस मेरो नाममा दुई शब्द कोरिदिए पुग्छ भनेर, हो आभाष, आज तिम्रो मायाको आभाष हुँदैछ भन्छन नि नजिकको देउता हेला टाढाको भुत प्यारो भनेर हो आज तिमी टाढा छौ तर मनमा भने झन् झन् गाढा भएका छौ हो आज तिम्ले भने झैं तिम्ले दिएको रातो गुलाफ स्विकारें किनकि, दिनानुदिन तिम्रै यादमा तडपिंदैछु। … हो तिम्रै याद मा …….
– अनु अर्पण

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!