अमेरिकाको क्यालिफोर्नियामा धुमधामका साथ यसरी मनाइयो पृथ्वीनारायण शाहको २९६ औँ जन्मजयन्ती


क्यालिफोर्निया । नेपाल र नेपालीका लागी पृथ्वी नारायण शाहले जस्तो ठूलो गुन साहदै कसैले लगाएको होलान् । तत्कालिन समयका बाइसे चौबीसे राज्यहरुलाई एकीकरण गर्दै आजको सिंगो नेपाल बनाउन सफल भएका पृथ्वी नारायण शाहको २९६ औँ जन्म जयन्ती देश विदेशमा धुमधामका साथ मनाइरहँदा अमेरिकाको क्यालिफोर्नियाको बर्क्लीमा बस्ने बुद्धिजीवी नेपालीहरुले पनि आज पृथ्वी नारायणको शाहको जन्म जयन्ती मनाएर उनको कामको प्रशंसा गरेका छन् ।

यस एकता दिवसका अवसरमा दर्जन बढी बुद्धीजिवीहरुले पृथ्वीनारायणको एकता अभियानका बारेमा बोलेका थिए । सो अवसरमा बक्ताहरुले आफू बसेको ठाउँमा एकता देखाउदै सामुदायिक भबन चाडै नै निर्माण गर्नु पर्ने कुरामा सबैले जोड दिएका थिय।

सो अवसरमा बोल्दै पुर्ब पर्यटन दुत अनिल पान्डेले उक्त सामुदायिक भबन बनाउन को लागि संचालित एक सय डलरको चिट्ठाको पहिलो टिकट बिसे नगर्ची लाई सम्झी किनि सुरुवात गरेका थिए ।

Comment