कोरियामा आत्महत्या गर्ने नेपालीको संख्या ह्वात्तै बढ्यो, फेरी यि युवक झुण्डिएको अवस्थामा फेला परे



काठमाडौँ । कोरियामा एक नेपाली युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। महोत्तरी बर्दिवास घर भइ करिब ७ महिना पहिले कोरिया गएका प्रकाश थापा मगर बुधबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेको बताइएको छ ।

कोरियाको पोछनमा एउटा कृषि फारम कार्यरत २५ वर्षीय प्रकाश कपालको रौँ झर्ने समस्या भएपछि उपचारको लागि नेपाल जान गत मंगलबारको टिकटसमेत लिएको बताइएको छ ।

हिजै नेपाल जानुपर्ने मान्छे तर आज कोरियामै मृत अवस्थामा फेला परेका छन्।प्रकाशसँगै कृषि फारममा ३ जना नेपाली कार्यरत थिए । सँगै कार्यरत नेपालीलाई प्रहरीले सोधपुछको लागि प्रहरी चौकी लागेको बताइएको छ । पछिल्लो समय कोरियामा आत्महत्या गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ ।

Comment