राष्ट्रिय महिला लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफलाई

Posted By OSNepal, California, USA || Date: 12 January, 2018

काठमाडौं : राष्ट्रिय महिला लिग फुटवलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । सुपरलिग अन्तर्गत बिहीबार भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोलले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो ।

उपाधिसँगै एपीएफले २ लाख पुरस्कार पाएको छ । एपीएफका लागि सावित्रा भण्डारीले दुई तथा सरु लिम्बुले एक गोल गरिन् । सुपरलिगमा भएका तीन खेलमध्ये सबै खेल जितेको एपीएफले ९ अंक जोड्दै उपाधि जितेको हो ।

यस्तै सुपरलिगको आफ्नो अन्तिम खेलमा सुदुरपश्चिमलाई ७–० गोलले हराउँदै नेपाल आर्मी उपविजेता बनेको छ । आर्मीका लागि कृष्णा खत्री एक्लैले ५ गोल गरिन् भने शर्मिला थापा र विमला चौधरीले १-१ गोल गरे ।

उपविजेता आर्मीले १ लाख रुपैयाँ पुरस्कार पायो । यस्तै सुपरलिगको अन्तिम खेलमा एपीएफसँग पराजित भएपनि तेश्रो बनेको नेपाल पुलिस क्लबले ५० हजार रुपैयाँ पुरस्कार पायो ।

उसले सुपरलिगमा एक खेल जितेको थियो । समुहचरणमा राम्रो प्रदर्शन गर्दै सुपरलिगमा पुगेको सुदुरपश्चिमले भने कुनै खेल जित्न सकेन । पुस १६ गतेबाट शुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!