नेपाल आर्मी खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा



काठमाडौं : नेपाल आर्मी क्लव धनगढीमा चलिरहेको खप्तड गोल्डकप फुटवलको सेमिफाइनलमा पुगेको छ । कैलालीको धनगढीमा आज भएको खेलमा थ्री स्टार क्लवलाई २–१ ले हराउँदै आर्मी अन्तिम सेमिफाइनलमा प्रवेश गरेको हो ।

आर्मीका लागि नवयुग श्रेष्ठ र सुमन अर्यालले गोल गरे । म्यान अफ द म्याच बनेका भरत खवासले १० हजार रुपैँया पाएका छन् । एन्फाको लापरबाहीले एएफसीकपको प्लेअफ खेल्न नपाएपछि दोषीलाई कारबाही र क्षतिपुर्तीको माग गर्दै पोहोरको कात्तिकदेखि थ्री स्टारले कुनै पनि प्रतियोगितामा भा नलिने बताएको थियो ।

यद्यपी गएको असोजमा डेढ करोड क्षतिपूर्ति पाउने सहमती भएर १४ महिनापछि फुटवलमा फर्किएको थ्री स्टार झापा ११ लाई हराएर क्वार्टर फाइनलमा पुगेको थियो ।

आज मनाङ मस्र्याङदी र रुपन्देही ११ बीच आज खेल हुँदैछ ।

Comment