आज उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना, शनिबारबाट मौसममा सुधार आउँने

Posted By OSNepal, California, USA || Date: 12 January, 2018

काठमाडौं । उच्च हिमाली क्षेत्रमा आज हिमपात हुने संभावना उच्च रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च हिमाली क्षेत्रमा आज हिमपातको संभावना भएपनि पानी भने नपर्ने बताइएको छ । पश्चिमी वायुको प्रभावले अहिले पश्चिमको मौसम बदली भए पनि अरु ठाउँको मौसम भने सामान्यतया सफा छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी वायुको प्रभावले शुक्रबार राती काठमाडौंको मौसम सामान्यतया बदली रहनेछ । अहिले बाक्लो हुस्सु लागेको तराईमा हुस्सु कम भएपनि पुरै हट्ने संभावना नभएपनि भोलीदेखि भने मौसममा सामान्य सुधार आउने महाशाखाले जनाएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!