मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश प्रमुख तोक्दै


काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठक आज बस्दै छ । देउवाले आफ्नो संवैधानिक दायित्व पुरा गर्न राजनीतिक सहमति नजुटे पनि प्रदेश प्रमुख तोक्ने तयारी गरेका छन्।

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्नुपर्ने भएकोले तत्काल प्रदेश प्रमुख नियुक्त गर्न लागिएको वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिए ।

प्रदेशको अस्थायी राजधानी वा प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी स्थान भने शुक्रवार नै तोक्ने सम्भावना कमै रहेको बताइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशप्रमुख र प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी केन्द्र तोक्न बिहीवार विभिन्न विज्ञ र आफ्नै दलका शीर्ष नेताहरूसँग परामर्श गरेका थिए। राष्ट्रिय सभा निर्वाचन कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्नुपर्ने छ।

प्रदेश प्रमुखको नियुक्ति भएपछि शपथग्रहणको बाटो खुल्ने भए पनि प्रदेश राजधानी नतोकिएसम्म कार्यसञ्चालन लगायतको अन्योल भने देखिएको छ।प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयले प्रदेशको कार्यसञ्चालनको कार्ययोजना बनाइरहेको बताइएको छ।

Comment