ओहाइयो कोलम्बसमा नेपाल आइडल म्युजिकल नाइट हुने

Posted By OSNepal, California, USA || Date: 12 January, 2018

कोलम्बस : नेपाल आइडल बनेपछि तीन सांगीतिक प्रतिभालाई दैनिक भ्याइ नभ्याइ छ । नेपाल आइडलका सर्वोत्कृष्ट तीन गायन प्रतिभाहरूको अमेरिका सांगीतिक भ्रमणको सदुपयोग गर्दै भुट्निज नेपाली संघ संस्थाहरूले पनि केही कार्यक्रमहरू आयोजना गर्ने भएका छन्।

परापकारी संस्था होपले ओहाइयोको कोलम्बसमा नेपाल आइडल म्युजिकल नाइट २०१८ आयोजना गर्ने भएको छ । अमेरिकामा रहेको भुट्निज नेपाली समुदाय पनि नेपाल आइडलको अनलाइन भोटिङमा जमेर जुटेको थियो ।

ओहाइयो कोलम्बसमा फेब्रुअरी ९ तारिख नेपाल आइडल म्युजिकल नाइट हुन लागेको हो । कार्यक्रम फेब्रुअरी ९ तारिख शुक्रबार साँझ ५ बजेदेखि ९ बजेसम्म कोलम्बसको नर्थल्याण्ड पर्फमिङ आर्ट्स सेन्टरमा हुँदै छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!