काठमाडौं महानगरका मेयर विद्यासुन्दरलाई एक मुठी धुलो उपहार दिँदै नेविसंघले सुरु गर्यो चर्को आन्दोलन

Posted By OSNepal, California, USA || Date: 12 January, 2018

काठमाडौं । नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ ।नेविसंघको पौडेल पक्षीय टोलीले स्वच्छ काठमाडौंको लागि भन्दै शुक्रबार १२ बजे बागदरबार स्थित काठमाडौं महानगरपालिकाको कार्यालय घेर्न लागेको बताइएको छ ।

महानगरपालिकाको मेयर बनेर आएको ९ महिनासम्म पनि काठमाडौंको धुलो हटाउनुको साँटो काठमाडौं झनै भद्रगोल बनाउन लागेकोले विरोध स्वरुप मेयरलाई एक मुठ्ठी धुलो उपहार दिन लागिएको विद्यार्थी नेता मोती भण्डारीले बताएका छन् । भण्डारीकै संयोजकत्वमा टोली महानगरपालिका घेर्न जाने तयारीमा लागेको हो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!