चर्चित पप तथा सेलो गायक अविशेक तामाङको नयाँ भाइरल तामाङ गित “पोङ्दी नाम्साला साइली" — OSNepal

चर्चित पप तथा सेलो गायक अविशेक तामाङको नयाँ भाइरल तामाङ गित “पोङ्दी नाम्साला साइली”

Bibek Karki September 01, 2023 0

अहिलेका भाइरल तामाङ गित“पोङ्दी नाम्साला साइली काठमाडौ । चर्चित पप तथा सेलो गायक अविशेक तामाङको नयाँ तामाङ निकै ठट्यौली गीत “पोङ्दी नाम्साला साईली”बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।टिक टक तिर निकैनै भाइरल गितलाई दर्शकले भिडियो कस्तो आउला भनेर प्रतीक्षा गरिरहेको थ्यो । तामाङ चलचित्रको चर्चित नायक सागर घिसिङ, तामाङ म्युजिक भिडियोका चर्चित मोडल लाक्पा लामा र नव मोडल रेजिना योञ्जनको रोमान्टिक डान्स रहेको भिडियो बजारमा आएको छ।

तामाङ गीत संगीतका बजारमा दोहोरीहरु प्रायः बजारमा आइरहेका हुन्छन्।यस् म्युजिक भिडियो भने पृथक म्युजिक भिडियोको रुपमा लिन सकिन्छ । शब्द ङिमा दोङ र पवन लामाको,संगीत पवन लामा रहेको गीतमा गायक अविशेक तामाङ र गायिका सुमिना लो को सुमधुर आवाज रहेका छन् । तेमालको केटाले पोङ्दी नम्साला साइली नारी क्वान्बा फुली, पितलला मुनाम क्यारे पिङपिङ तासी निजिम भनेर प्रहार गरेको पाइन्छ ।

भिडियो निर्देशक प्रतीक ङ्यसुरले निर्देशनमा गरेको म्युजिक भिडियोको छायांकन र भिडियो सम्पादन विवेक लामाले गरेका हुन् । सो म्युजिक भिडियोको छायांकन भक्तपुरको नलिञ्चोक र काठमाडौंको गोकर्णको दृश्यहरु देख्न सकिनेछ ।

गीतको एरेञ्ज जोग लाल लामा फनिन्द्र राईको रहेको छ। भने अडियो मिक्सिङ दिपेश प्रधानले गरेको हो। गायक तथा संगीतकार अबिशेक तामाङको नेपाली पप र तामाङ प्रेमगीत र सेलो गीतहरु गरि निकै हिट गीतहरु बजारमा आइसकेका छन् । गत शनिबार सार्वजानिक भएको यस म्युजिक भिडियोलाई हाल सम्ममा लाखौं दर्शकहरुले हेरिरहेका छन् ।यस म्युजिक भिडियोलाई गायकद्वाय अविशेक तामाङको अफिसियल युट्युव च्यानालबाट हेर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर