शनिबार फलाम नकिन्नुहोस् ? शुक्रबार यी बस्तु किन्नु भयो भने तपाइको भाग्य चम्किन्छ



शनिबारको दिन फलामको समान किन्नु हुदैन । यदि शनिकार तपाईले फल किन्नु भयो भयो तपाईको घरमा दरिद्रता पैदा हुन सक्छ । त्यति मात्रै हैन धनको नास भएर जान्छ । बिस्तारै आर्थिक समस्या जीवनमा देखिन थाल्दछ ।

तसर्थ कुन सामान कुन दिन्छ फल प्राप्ती र राम्रो हुन्छ, कहिले काही शास्त्र अनुसार पनि गर्नुहोस् । शुक्रबारको दिन कुन बस्तु किन्दा भाग्य चम्किन्छ र शुभ हुन्छ त् ?

– लक्ष्मी माता र गणेशको फोटो, मुर्ति वा सिक्का बिशेष गरि शुक्रबारको दिन किनेर घरमा ल्याउनु होस्। यसो गर्दा घरमा पैसाको कमि कहिले हुदैन।

– यस्तै स्टिल, पित्तल र सिलाबरका भाडाकुडाहरु शुक्रबारको दिन किन्नुहोस यसो गर्नाले ग्रह दशा हटेर जान्छ।

– ५ कौडा र ११ घुम्ती चक्रलाई किनेर पहेलो कपडामा राखेर जहाँ तपाई पैसा राख्नु हुन्छ त्यहाँ राख्नुहोस । यदि तपाइको पसल छ भने पैसा राख्ने ठाउमा यो राख्नु होस् यसबाट तपाइको व्यापार व्यसाय बढ्छ ।

– कारोबार लेख्ने कापी शुक्रबारको दिन किन्नु होस् । दुई हात जोडी हे देव खाता मेरो व्यापार व्यवसाय राम्रो गरिदेउ भन्दै प्राथना गर्नुहोस।

– शुक्रबारको दिन इलेक्ट्रोनिक समानहरु किन्नु एकदम शुभ मानिन्छ यसो गर्दा आर्थिक समस्या कम भएर जान्छ समान टिकाउ पनि हुन्छ।

Comment