दर्शनेको श्रीमतीको हत्याकी आत्महत्या ? अरुलाई हँसाउने दर्शने यसरी रुँदैछन्



मेरीबास्सै लगायतका हास्य टेली श्रृंखलामा ‘दर्शने र मनमाया’ को जोडीका रुपमा ख्याती कमाएका हास्य कलाकार सुरेश थापा र अनिता दंगालको जीवनमा यतिबेला महाविपत्ति आइलागेको छ । ‘फ्याक्ट’ र ‘फिक्सन’ वीचको भेद नबुझ्दा कहिलेकाँहि यस्तै अनिष्ट हुँदोरहेछ ।

गत भदौ ८ मा अचानक एउटा यस्तो घटना भयो, जसबाट उनीहरु ठूलो संकटको भुमरीमा फसेका छन् । सोही घटनाका कारण यतिबेला दर्शने मनमायाको चरित्र पनि संकटमा फसेको छ ।

तीन महिनायता दर्शने मनमाया फाट्फुट्ट मात्रै टेलिभिजन र युट्युव च्यानलमा देखिन्छन् । गाउँ(गाउँमा हुने महोत्सव र निर्वाचन आयोगको जनचेतना कार्यक्रममा पनि उनीहरु देखिएका छैनन् । उनीहरु एकाएक किन हराए रु उनीहरुको उक्लिरहेको लोकप्रियताको ग्राफमा किन अचानक ब्रेक लाग्यो रु धेरै दर्शकलाई यसको रहस्य थाहा छैन ।

Comment