शाहरुख खानको जीवनमा हात लाग्यो अर्को एउटा खुशी, थाहा पाउनुहोस उनको त्यो महत्वपूर्ण उपलब्धी



एजेन्सी – बलिउड अभिनेता शाहरुख खान क्रिस्टल अवार्डले सम्मानित हुने भएका छन्। अन्तराष्ट्रिय मिडियाका अनुसार वल्र्ड इकोनोमिक फोरम’को स्विजरल्याण्डको दावोसमा हुन लागेको ४८ औं बैठकमा उनी उक्त अवार्डबाट सम्मानित हुने बताइएको छ ।

दुनियाँमा साझा भविष्य’ बनाउन धेरै च्यारिटी गरेको कारण उनलाई यो पुरस्कारबाट सम्मान गर्न लागिएको हो । मीर फाउन्डेशन’ नामक संस्था संचालन गर्दै आएका शाहरुखको सस्थाले महिला र बच्चाहरूको जीवन रक्षाका लागि काम गरेको छ ।

सामाजिक कार्यमा सहभागी भएका प्रमुख व्यक्तिहरूलाई उक्त अवार्ड प्रदान गरिन्छ।जनवरी २२ मा उक्त अवार्ड वितरण हुनेछ।

Comment